arrow

झापामा  कर्न फ्लेक्स उत्पादन उद्योग

logo
युवराज रेग्मी 
प्रकाशित २०७५ असोज २८ आइतबार
matrika111.jpg

झापा । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले झापाको महारानीझोडामा मकैको चिउरा उत्पादन गर्ने ‘कर्न फ्लेक्स’ उद्योगको शिलान्यास गरेका छन् । गौरादह नगरपालिका वडा नं ५ महारानी झोडामा रहेको साना किसान सहकारी संस्थाको १६औँ वार्षिक साधारण सभा तथा मकैको चिउरा बनाउने उद्योगको उद्घाटन गर्दै मन्त्री यादवले अब नेपालमा औद्योगिक क्रान्ति गर्न आवश्यक रहेको  बताए । 

साना किसान सहकारी संस्था महारानी झोडा नेपाल अधिराज्यमै नमूना सहकारी बनेको भन्दै उक्त  सहकारी सस्थाको प्रशंसासमेत  गरेका छन् । उनले महारानी झोडा साना किसान सहकारीजस्तै अन्य सहकारीले पनि सोही किसिमको काम गर्न सके मुलुकको आर्थिक विकासमा थप  टेवा पुग्न सक्ने र मुलुकको अर्थतन्त्र बलियो बन्न सक्ने अभिब्यक्ति दिएका छन्  ।

महारानी झोडा सहकारीले नमुना खेती गरेर मुलुकभरि चर्चा कमाएको भन्दै उनले कृषि आधुनिकीरण गर्दै औद्योगीकरणतर्फ अगाडि बढ्नु आजको मुख्य आवश्यकता रहेकोले आवस्यक चुनौती सामना गर्दै अघि बढ्नु पर्ने आवश्यकता  भएको औँल्याएका छन्  ।

लगानीभन्दा उत्पादनलाई विशेष जोड दिनुपर्ने भन्दै उनले कृषिमा आधुनिकीकरण गर्न उद्योग मन्त्रालयले विभिन्न प्रकारका तालिमहरु पनि  सञ्चालन गर्न  शुरु गरिसकेको बताएका छन्  ।

कृषिमा क्षेत्रमा आधुनिकीकरण गर्नको लागि मात्र नभएर कृषि उत्पादनलाई साथ साथै कृषि उद्योग सञ्चालन गरेर आत्मनिर्भरता  सिर्जना गर्न आवश्यक तालिमहरुसमेत सन्चालन गर्नु  महत्वपूर्ण हुने उने बताए । 

मन्त्री यादबले महारानी झोडा साना किसान सहकारिको धान ग्रेडिङ स्थल  र  भन्डार गोदामहरुको समेत निरीक्षण गर्दै  मन्त्री यादवले यस संस्थालाई नेपाल सरकार बाट आवस्यक  पूर्ण साथ र सहयोग रहने बताए ।

कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले सहकारीको माध्यामबाट मुलुकलाई आर्थिक समृद्धीको बाटोमा लैजान सक्ने धारणा राखे ।

कार्यक्रममा के एण्ड के कम्पनीले उत्पादन गरेको घर सरसफाइ गर्ने सामग्री, नमुना अचार उद्योगबाट उत्पादित अचारहरु तथा गौरादह लघुउद्यमी समूहले उत्पादन गरेका व्याग तथा झोलाहरु प्रदशर्नीको रुपमा राखिएको थियो ।

 यसका साथै महारानी झोडा कृषी सहकारी संस्थाले ८० बिगाहा  जग्गामा सामुहिक नमुना खेती गर्दै आएको छ । सामुहिक खेतीबाट मकै र धान मुख्य रुपमा उत्पादन गर्दै आएको संस्थाले उत्पादन गरेको धान बाली लाई ग्रेडिङ गरी मुल बिउको रुपमा कृषकहरुलाई वितरण गर्दै आएको छ ।

 कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष मिना ढकालले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । संस्थाकी लेखा संयोजक कृष्ण कुमारी दाहाल बाट  ३७ करोड ७७ लाख ४९ हजार ६७ वासलत रहेको प्रतिवेदन पेश गरिएको थियो  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ