arrow

चाउचाउ र १० रुपैयाँ दिएर बालिका करणीपछि हत्या गर्ने दुईजना पक्राउ

logo
सुरेन्द्र सिंह,
प्रकाशित २०७५ असोज २८ आइतबार
pakrau1.jpg

जनकपुरधाम । धनुषा जिल्लाको  औरही  गाउँपालिकाबाट  गएराती  हराएकी  बालिकाको   बलात्कार   भएपछि   हत्या   गरिएको  आरोपमा प्रहरीले विनोद मुखिया र नधुनि पण्डितलाई पक्राउ गरी आइतबार  सार्वजनिक गरेको छ ।
 
आरोपीहरु नातामा बालिकाको काका पर्ने उनीहरुले नै फकाएर बलात्कार गरेको प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए । चाउचाउ र १० रुपैयाँ दिएर दुवैजनाले बालिकाको बलात्कार गरेको प्रहरी अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक थपलियालेदाबी गरे ।मदिरा सेवन गरी मेला हेर्न आएकी बालिकालाई फकाएर बलात्कार गर्ने योजना दुवैजनालेबनाएको अनुशन्धानमा देखिएको दाबी उनको थियो ।

बलात्कारकै क्रममा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । बलात्कारकै क्रममा 'बालिकाको मृत्यु भएको थियो,' प्रहरी उपरीक्षक थपलियाले भने, 'बालिकाको मृत्यु भएपछि पहिला धान खेतमा गाडेका थिए । पछि बाँच्ने डरले पुन: मुख माटोमा कोचेर गाडेका थिए ।'

प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा आरोपित दुवैले बलात्कार गरेको स्वीकारेका थिए ।आरोपित दुवैजनालाई कर्तव्य ज्यान र जवर्जस्ती करणी मुद्दा चलाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ