arrow

अन्ततः इटाली विजयी, हरायो पोल्याण्डलाई

logo
प्रकाशित २०७५ असोज २९ सोमबार
italy2.jpg

काठमाडौं । रसिया विश्वकप फुटबलमा छनोट समेत हुन नसकेर दिनानुदिन खस्किँदै गएको इटालीले जितको मुख देख्न पाएको छ । यूईएफए नेशन्स लिग ए अन्तर्गत इटालीले पोल्याण्डविरुद्ध १–० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो । 

पोल्याण्डको घरेलु मैदानमा इन्जुरी समयको अन्तिम मिनेटमा क्रिष्टियानो बिराघीले केभिन लासांगाको पासलाई सदुपयोग गरी इटालीलाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् ।

हाफ टाइम अगाडि इटालीको प्रहार दुई पटक पोलमा ठोक्किएर फर्केको थियो । 

यो जित रोबर्टो मान्सिनीको पहिलो प्रतिस्पर्धात्मक जित हो । यो जितले हारको डेडलक पनि तोडिएको छ । 

Roberto Mancini recorded his first competitive win as Italy boss as his side won 1-0 in Poland

जितसँगै लिग ए को समूह तीनमा रहेको इटालीले शीर्ष स्थानको पोर्चुगलमाथि दवाब कायमै राखेको छ । ३ खेलबाट इटालीको ४ र पोल्याण्डको १ अंक छ । २ खेल खेलेको पोर्चुगलको ६ अंक छ । 

पहिलो खेलमा इटालीले पोल्याण्डसंग १–१ को बराबरी खेलेको थियो भने पोर्चुगलसंग १–० ले पराजित भएको थियो । 

Poland forward Arkadiusz Milik has an effort on goal during first half of Nations League clash

Bartosz Bereszynski of Poland (left) battles for the ball with Marco Verratti of Italy on Sunday

Italy midfielder Jorginho in action during Nations League encounter at the Silesian Stadium



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ