arrow

जनकपुर सडक बिस्तारमा जग्गा जोगाउन आर्थिक चलखेल

मेयर लालकिसोर साह संगलग्न भएको आरोप

logo
सुरेन्द्र सिंह,
प्रकाशित २०७५ असोज २९ सोमबार
Janakpur_Construction.jpg

जनकपुरधाम । सडक   फराकिलो  गर्ने  निर्णय  विपरित  जनकपुरधाम   उपमहानगरपालिकाले  शिव चोकमा  सडकलाई साँगुरो बनाएको छ ।सडकको  मापदण्ड  अनुसार  नापी गरी जग्गा छुट्टयाईसके पनि हाल निजी जग्गा छाडेर सडकलाई साँगुरो बनाईएको छ ।

शिवचोक    स्थित    होण्डा    मोटरसाईकलको    पुरानो    शो    रुमको जग्गा जोगाउन सडकलाई साँगुरो बनाईएको आरोप नेपाली काँग्रेस  धनुषाका  जिल्ला  सदस्य  गणेश झाले लगाएका छन् । मापदण्ड  विपरित सडकलाई  साँगुरो    गर्न    मोटो    रकमको    चलखेल   भएको   र   त्यसमा   नगरप्रमुख    लालकिसोर   साह   स्वयंको  संलग्नता  रहेको  उनले  आरोप लगाए ।

‘शिवचोकमा   जग्गाको  मुल्य  अत्यधिक  छ’झाले  भने,  महँगो   जग्गा   जोगाउन   मोटै   रकमको     चलखेल     भएको     छ  ।उपमहानगरपालिकाले  जग्गा  छुट्टयाउन चिनो लगाएको भन्दा झण्डै चार फिट बढी जग्गा छाडेर सडकलाई    साँघुरो    बनाईएको    उनले आरोप लगाए । वडा अध्यक्ष परमेश्वर साहले सडकको जग्गा मिचेको आरोपमा उनलाई   थुनाएर   आफै   डोजर   चलाउन  लगाउने  मेयर  साहले  शिव चोकमा  मोटो  रकम  लिएर  सडक साँगुरो पार्न थालेको बताए ।

शिवचोक–भानुचोक   सडकबाट   जनकपुर   उद्योग  वाणिज्य  संघ  तर्फ  जाने  अत्यन्त   महत्वपूर्ण   बाटोलाई   सबै मापदण्ड मिचेर १४ फिटमा सिमित गर्ने प्रयासमा नगर प्रमुख रहेका छन् । सडक    छेउका   बासिन्दा,    वडाअध्यक्ष      लगायतले   कम्तिमा   १८   फिट   फराकिलो   सडक    बनाउन    दवाब दिए पनि    एकजना    दिलिप    जालानको    जग्गा  जोगाउन  सडकलाई  १४  फिटमा  सिमि त गर्न  लागिएको स्थानीय  बासिन्दाहरुले  जनाएका  छन्  ।

स्थानीय  बासिन्दाहरुले १८  फिट भन्दा कममा सडक बनाउन नदिने अडानमा छन् । मुखमा  करिब  पचास मिटर  सडक  हालपनि  १२  फिट  रहेको  छ  ।व्यापार  संघको  अगाडीदेखि  सडक १८ फिट र सो भन्दा बढी रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ