arrow

पाँचथरमा सुरक्षा ब्यवस्था कडा पारियो

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ असोज २९ सोमबार
police-checking.jpg

पाँचथर। दशैँ तिहारलाई लक्षित गरेर पाँचथरमा सुरक्षा ब्यवस्था कडा पारिएको छ। अहिले मेचीराजमार्गमा रहेका ६ ठाउँमा सवारी साधानहरुलाई चेकजाँच गरिराखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

मेचीराजमार्ग अन्र्तगत प्रहरी यूनिट रहेको राँके, पौवाभन्ज्याङ, फिदिम, जोरसाल, जोरपोखरी, थर्पु, भानुचोक, कावेली लगायतका स्थानमा चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले बताए। उनले भने,“यस बेला प्रतिवन्धित अवैध हात हतियार, तथा पटेका भित्रन सक्ने तथा आपराधिक क्रियाकलाप हुन सक्ने भएकोले चेकजाँचलाई कडा गरिएको छ।”

यस्तै यस बेला यात्रुलाई मनपरी भाडा उठाउन सक्ने भन्दै ट्राफिक र नेपाल प्रहरी परिचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले बताए। अहिले प्राय ग्रामिण भेगको कच्ची सडकमा संचालन हुने सवारी साधानले मनपरी भाडा उठाएको गुनासो आएपछि चेकजाँचलाई कडाई गरिएको उनले बताए।

उनले भने, “दशैँ तिहारलाई लक्षित गरी संचालनमा ल्याइएको यात्रु सहायता कक्ष संचालनमा आएपछि ३ जना सवारी चालकलाई कारवाही गरिएको छ,उनीहरुलाई १ हजार ५ सय सम्म जरिवाना र वढि भाडा असुल गरेको फिर्ता समेत गरिएको छ।” मनपरी भाडा उठाउने भएकोले यस बारेमा चाडो भाडा निर्धारण गरी कडाईका साथ अनुगमन गर्न यात्रुहरुको माग छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ