arrow

याङगुन-मण्डलाय राजमार्गमा गत बर्ष ५ सय बढी दुर्घटना, ११६ को मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७५ असोज २९ सोमबार
mandalay-yangon-highway-bus-accident.jpg

याङगुन। म्यानमारको याङगुन—मण्डलाय राजमार्गमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ भने ६१ जना घाइते भएका छन्। यही अक्टोबर एकदेखि अक्टोबर १४ सम्मको दुई हप्तामा भएका २२ दुर्घटनामा ठूलो संख्यामा मृत्यु र घाइते भएको अधिकारीहरूले जनाएका हुन्।

राजमार्ग प्रहरी कार्यालयले सोमबार दिएको जानकारी अनुसार तीव्र गति, चालकको लापर्वाही, विग्रिएका सवारी साधनलगायतका कारणले धेरै दुर्घटना हुनेगरेका छन्।
म्यानमारका राजमार्गहरूमा यस्ता सवारी दुर्घटनाहरू वेला वेलामा भइरहने गरेको समाचारमा जनाइएको छ। यातायात क्षेत्रका अधिकारीहरूले दुर्घटना न्युनिकरणका लागि सुरक्षित यात्रा, ट्राफिक नियमको पालनालगायतका विषयमा अभियानहरू पनि चलाइरहेका छन्।

म्यानमारको याङगुन—मण्डलाय राजमार्गमा गत बर्ष मात्रै झण्डै ५५५ सवारी दुर्घटना भएका थिए। ती दुर्घटनाहरूमा परी ११६ जनाको मृत्यु भएको थियो भने ८६३ जना घाइते भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ