arrow

साढे ३३ किलो सुन प्रकरणका आरोपी बेनु श्रेष्ठ विराटनगरमा

logo
रासस,
प्रकाशित २०७५ असोज २९ सोमबार
88kg-gold.JPG

विराटनगर। साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका आरोपी बेनु श्रेष्ठलाई प्रहरीले विराटनगर ल्याइएको छ। अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा दुबईमा पक्राउ परेका श्रेष्ठलाई काठमाडौँ हुँदै आज बेलुका विराटनगर ल्याइएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार बेनुलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ।

सुनसरी इटहरी उपमहानगरपालिका–६ का ३२ वर्षीय श्रेष्ठ दुबईमा बसेर चुडामणि उप्रेती (गोरे) सहितको समूहलाई सुन तस्करीमा सहयोग गर्दै आएका थिए। गत माघ पहिलो साता तस्करी गरी ल्याएको सुन बाटोबाटै हराएपछि खोज्ने क्रममा चुडामणि उप्रेती (गोरे) सहितको समूहले यातना दिँदा गत फागुन १८ गते भरिया सनम शाक्यको मृत्यु भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ