arrow

१० दिन अघि भारतीय भूमिमा छिरेर के गरेछन् चिनियाँ सेनाले ?

logo
प्रकाशित २०७५ असोज २९ सोमबार
INDIA_CHINA.jpg

नयाँ दिल्ली। चिनियाँ सेना भारतीय भूमिमा सुटुक्क छिरेको विषय १० दिन पछि सार्वजनिक भएको छ । धेरै पहिले देखि भारत र चीन दुबैले आफ्नो मान्ने अरुणाञ्चल क्षेत्रमा छिरेपछि त्यहाँ भारतीय र चिनियाँ सेनाहरुबीच फेरि मनमुटाव सुरु भएको छ । 

एशियाली प्रिमियर न्यूज एजेन्सीले १० दिनपछि सार्वजनिक गरेको विषय अनुसार चिनियाँ सेना सो विवादास्पद क्षेत्रबाट हट्न नमानेपछि अहिले दुबैपक्षको प्रोटोकल मिटिङ चलिरहेको छ । भारतीय सेनाले चीनलाई त्यहाँबाट हट्नको लागि चेतावनी दिएको थियो । तर चिनियाँ सेनाले प्रोटोकलको कुरा गरेर त्यसलाई अस्वीकार गरेको बताईएको छ । 

एएनआईको ट्‍वीटका अनुसार करिब १० दिन पहिले पिपुल्स लिबरेशन आर्मी ९पीएलए०का सैनिक अरुणाचल प्रदेशको दिबांग घाटी क्षेत्रमा घुसेका थिए। उल्लेखनीय चिनियाँ सेना अरुणाचल प्रदेशमा यस भन्दा अघि पनि पटक पटक प्रवेशको कोशिस गरिरहेको थियो । अरुणाचलको सो हिस्सामा चीनले पनि आफ्नोपन दाबी गर्दै आएको छ । यस अघि भारत र चीनबीच यस अघि दोक्लाममा पनि यस्तै विषयमा विवाद सिर्जना भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ