arrow

सत्ता नछाड्ने माल्दिभ्सका राष्ट्रपतिको संकेत, फेरि देखिनसक्छ राजनीतिक संकट 

logo
प्रकाशित २०७५ असोज ३० मंगलबार
yamin.jpg

काठमाडौं । माल्दिभ्सका निवर्तमान राष्ट्रपति अब्दुल्लाह यामिनले राष्ट्रपतीय निर्वाचनमा हारको बाबजुद सत्ता नछाड्ने संकेत गरेका छन् । उनले निर्वाचनमा हारको सामना गरिसकेपछि निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् । यसले आगामी दिनमा माल्दिभ्समा राजनीतिक संकट उत्पन्न हुनसक्ने देखिएको छ । 

यामिनले यसअघि नोभेम्बर १७ मा आफ्नो कार्यकाल सकिएसँगै सत्ता हस्तान्तरण गर्ने बताएका थिए । यद्यपि उनले गत साता सर्वोच्च अदालतमा मुदा दायर गरेका थिए । अदालतमा निर्वाचन कमिसनका वकिलले भने कुनै गडबढी भएको अस्वीकार गरेका थिए । स्रोतले आगमी दिनमा यामिनले सहजरुपमा आफ्नो पद छाड्ने सम्भावना नरहेको बताएको छ । यामिनले सर्वोच्च अदालतमा मुद्दा दायर गर्नु पनि त्यसैको एक हिस्सा रहेको बताइएको छ । यद्यपि उनको यो प्रयासले कुने फाइदा नहुने उनीहरुको भनाइ छ । अन्तर्राष्ट्रिय समुदायले यो निर्वाचनलाई निष्पक्ष मानेका छन् । 

अमेरिका–युरोपियन मुलुकहरुको खबरदारी

अमेरिकाले हालसालै यदि माल्दिभ्सका मानिसहरुको इच्छालाई वेवास्ता गरेको अवस्थामा आफूले उपयुक्त उठाउने चेतावनी दिएको छ । यसअघि युरोपले पनि यस विषयमा चेतावनी दिइसकेको छ । यामिनको प्रोग्रेसिव पार्टीले शनिबार निर्वाचनमा उच्च स्तरको धाँधली गरिएको बताएको थियो । 

मोहम्मद सालेहले जितेका थिए निर्वाचन

विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टीका प्रवक्ता हामिद अब्दुल गफ्फुरले यामिन निर्वाचनको नतिजालाई चुनौती दिँदै मुलुकलाई अस्थिर बनाउने कोसिस बनाउने दिशामा अघि बढिरहेको आरोप लगाए । निर्वाचनमा अप्रत्याशितरुपमा विपक्षी उम्मेदवार इब्राहिम मोहम्मद सालेहले जित हासिल गरेका थिए । यामिनको सरकारको सम्बन्ध चीनसँग निकट रहेको बताइएको थियो । जसको कारण चीन यो निर्वाचनको नतिजाबाट खुसी नरहेको बताइएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ