arrow

दशैँमा इन्धन अभाव नहुने, पेट्रोल विक्रि हालसम्मकै उच्च 

logo
प्रकाशित २०७५ असोज ३० मंगलबार
Nepal-Oil.jpg.jpeg

काठमाडौ । नेपाल आयल निगमले दशैँमा पेट्रोलियम पदार्थको अभाव नहुने बताएको छ । निगमका प्रवक्ता विरेन्द्र गाईतका अनुसार काठमाडौ उपत्यकाका लागि मात्रै ७५ लाख लिटर इन्धन मौजाद छ ।
 
दशैँको समयमा केही दिन माग कम हुने भएकाले एक साता उपत्यकामा यो मौज्दातले धान्ने निगमको अनुमान छ ।निगमसँग डिजेल ४५ लाख लिटर र पेट्रोल ३० लाख लिटर मौज्दात छ । यही मौज्दातले कम्तीमा ५ दिनको माग धान्ने उनको भनाई छ । दशैँमा  पेट्रोलियम आपूर्तिमा कुनै समस्या हुँदैन, ‘प्रवक्ता गोइतले भने, ‘अब केही दिन बिक्री कम हुन्छ ।’

यस्तै उनले पेट्रोलपम्पमा कुरेर लाइन बस्नु पर्ने अवस्था नरहेको पनि जानकारी दिए । केहीबेर पर्खिनु परेपनि लामो समय लाइन बस्नु परेको छैन, उनले भने । 

तर, इन्धन खपत भने अन्य समयकै हाराहारी भएको उनले बताएका छन् । फूलपातीका दिन मंगलबारमात्रै १२ लाख ५० हजार लिटर पेट्रोल र ५ लाख लिटर डिजेल वितरण भएको छ । पेट्रोलको विक्रि परिमाण भने हाल सम्मकै उच्च हो । अरु बेला काठमाडौंमा दिनको ७ लाख लिटरसम्म पेट्रोल विक्रि हुने गरेको थियो ।  यस्तै, डिजेल ९ लाख लिटरसम्म विक्रि हुने गरेको थियो । 

आयल निगमका अनुसार दशैंमा यात्रु बाहिरिने क्रम कायमै रहेकाले अन्य दिन जस्तै इन्धन विक्रि भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ