arrow

जेरुसलेममा दूतावास सार्ने अमेरिकी योजनालाई अष्ट्रेलियाको साथ

logo
प्रकाशित २०७५ असोज ३० मंगलबार
jerusalem.jpg

काठमाडौं । अष्ट्रेलियाले इजरायलको राजधानी सहरको रुपमा जेरुसलेमलाई मान्यता दिने अमेरिकी निर्णयलाई साथ दिने तयारी गरेको छ । 

अष्ट्रेलिया अहिले इजरायलमा रहेको आफ्नो राजदूतावास तेल अभिभबाट जेरुसलेममा सार्ने योजनामा अघि बढिरहेको अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले जानकारी दिएका हुन् ।

विश्वव्यापीरुपमा अमेरिकाले इजरायलको राजदूतावास जेरुसलेममा सारेको भन्दै आलोचना भइरहेको अवस्थामा अष्ट्रेलियाले पनि यस्तो निर्णयको तयारी गरेको हो । मोरिसनले इजरायली र प्यालेस्टाइनको बीचमा जारी रहेको द्वन्द्वको समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए । 

यसअघि निर्वाचनमा हासिल भएको जितप्रति पूर्वाग्रही रही प्रधानमन्त्रीले यस्तो योजना अघि सारेको विपक्षीहरुले आरोप लगाएका छन् । गत मे महिनामा अमेरिकाले आफ्नो इजरायली दूतावास जेरुसलेममा सारेको थियो । सोमबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अष्ट्रेलियाको दूतावास सार्ने प्रस्ताव पारित गरेका छन् । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ