arrow

विश्वकपले रुसको अर्थतन्त्रमा थपियो १४ अर्ब डलर

logo
प्रकाशित २०७५ असोज ३० मंगलबार
worldcup-2018-1.jpg

काठमाडौं । रुस विश्वकप २०१८ को कारण रुसको अर्थतन्त्रमा १४ अर्ब अमेरिकी डलरबराबरको रकम थपिएको छ । यससँगै कूल गार्हस्थ्य उत्पादन (जीडीपी)मा एक प्रतिशतको वृद्धि भएको मंगलाबार कतारको दोहामा सार्वजनिक गरिएको विवरणमा देखिएको हो । 

रुस विश्वकप समितिले सार्वजनिक गरेको यो विवरणमा अहिले देखिएको नतिजाहरु आश्चर्यजनक रहेको बताइएको छ । यो प्रतियोगिताले रुसमा प्रतिवर्ष तीन लाख १५ हजार रोजगारी मिलेको विवरणमा उल्लेख गरिएको छ । त्यसका साथै यो विश्वकपको प्रभाव रुसको अर्थतन्त्रमा आगामी पाँच वर्षसम्म पनि जारी रहने बताइएको छ । 

अहिले सार्वजनिक गरिएको विवरणअनुसार सन् २०१३ देखि २०१८ को बीचमा रुसको अर्थतन्त्रमा विश्वकपको प्रभाव १४ अर्ब ५० करोड डलरबराबरको रहेको पाइएको थियो । यो नतिजा रुसको जीडीपीको तुलनामा १.१ प्रतिशत हो । 

पछिल्लो समय पश्चिमा मुलुकहरु र रुसको बीचमा देखिएको राजनीतिक तनावको बाबजुद रुसले विश्वकप सफलरुपमा सम्पन्न गरेको थियो । 

यद्यपि अहिले सार्वजनिक गरिएको यो विवरण स्वतन्त्ररुपमा पुष्टि भने हुन सकेको छैन । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ