arrow

सात प्रहरी अधिकारीको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७५ असोज ३० मंगलबार
afghanistan-kabu.jpg

ऐबाक, अफगानिस्तान। अफगानिस्तानको उत्तरी प्रान्त समानगानमा तालिबान आतङककारी र प्रहरी अधिकारीबीच भएको झडपको क्रममा कम्तीमा सात प्रहरी अधिकारी मारिएका छन्। स्थानीय प्रहरी स्रोतले मङ्गलबार सो जानकारी दिएको छ।

सोमबार राति पेयान जिल्लाका दराइसुफ इलाकामा तालिबान आतङ्ककारी समूहले गरेको एबुम्स आक्रमणमा परी प्रान्तीय प्रहरी उपप्रमुख आवानी तहारी र अन्य छ जना प्रहरी अधिकारीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता पुनिर रहिमीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन्।

प्रान्तीय राजधानी ऐबाक शहरका यात्रा गरिरेहका सुरक्षा अधिकारी एम्बुस आक्रमणमा परेका प्रहरी स्रोतले जानकारी दिएको छ। यस आक्रमणमा परी अन्य तीन जना प्रहरी अधिकारी घाइते भएका छन्।

अफगानिस्तानका आगामी अक्टोबर २० मा हुनगइरहेको संसदीय निवार्चनको क्रममा आतङ्ककारी समूहले हत्या हिंसा बढाएका छन्। यस निर्वाचनको लागि ५४ हजार अफगान सैनिक र प्रहरी अधिकारी तैनाथ गरिएको छ। ती सुरक्षा अधिकारीले देशभर रहेका ५१ हजार मतदान केन्द्र सुरक्षाको प्रबन्ध गर्ने छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ