arrow

८ करोड शब्दको तिब्बती महाकाव्य अर्को वर्ष प्रकाशन हुने

logo
सिन्ह्वा,
प्रकाशित २०७५ असोज ३० मंगलबार
tibet.jpg

चेङ्दु, चीन। विश्वमै सबैभन्दा लामो लोककाव्य मानिएको राजा गेसारको काव्यको सङ्कलन अर्को वर्ष अर्थात् सन् २०१९ प्रकाशन गरिने भएको छ। “इपिक अफ किङ गेसार” नाम दिइएको यस महाकाव्यमा एघारौं शताब्दीमा कसरी तिब्बती अर्धइश्वर मानिने राजाले आफ्ना शत्रुलाई कसरी परास्त गरे र आम जनतालाई कसरी सुरक्षित गरे भन्ने कथा रहेको छ।

अनुसन्धाताहरुले तिब्बती समुदायबाट काव्यका विभिन्न खण्डहरुका साथै विगत ६० वर्षमा प्रकाशन भएका सामग्रीहरु सङ्ग्रहित गरिसकेका छन्। नयाँ पुस्तक ३७० खण्डमा विभक्त हुनेछ र यसमा ८ करोडभन्दा बढी शब्द रहेका छन्। केही नयाँ खण्डहरु मानिसले पहिलोपटक हेर्न पाउने छन्।

यस पुस्तकको चिनीयाँ र अङ्ग्रेजी भाषामा प्रकाशनका लागि पनि तयारी गरिँदैछ। यो काव्यका कथाहरु तिब्बतका स्थानीयबासीबाट एक पुस्ताबाट अर्को पुस्तामा मौखिक रुपमा आएको हो। यो पुस्तक तिब्बती संस्कृति र परम्परा अध्ययन गर्नेहरुका लागि महत्वपूर्ण रहने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ