arrow

मेस्सी नभएको खेलमा नेयमारको टिमले मार्यो बाजी

logo
प्रकाशित २०७५ असोज ३१ बुधबार
brazil6.jpg

काठमाडौं । लियोनल मेस्सी नभएको खेलमा नेयमारको ब्राजिलले अर्जेन्टिनालाई पराजित गरेको छ । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा ब्राजिल १–० ले विजयी भएको हो । 

इन्जुरी समयमा मिरान्डाले गोल गर्दै ब्राजिललाई जिताए । मिरान्डाले नेयमारको कर्नर पासमा शक्तिशाली हेड गोल गरेका थिए । उक्त बललाई अर्जेन्टाइन सर्जियो रोमेरोले रोक्न सकेनन् । 

सुपरक्लासिको उक्त खेलमा निकै प्रतिस्पर्धा भएको थियो । साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस सिटीमा दर्शकले भने निक्कै मज्जा लिएका थिए । 

६० हजार दर्शकले नेयमार, फिलिप्पे कौटिन्हो र पाउलो डाइबालाको खेल निकै रोजकपूर्वक हेरेका थिए । 

खेलको २८ औं मिनेटमा मिरान्डाले कासेमिरोको क्रस पासमा गोल गर्ने राम्रो अवसरलाई खेर फालेका थिए । 

दोस्रो हाफमा डाइबालाले राम्रो फ्रिकिक प्रहार गरी गोल नजिक पुगेका थिए । 

मेस्सी भने अब राष्ट्रिय टिममा नफर्कने संकेत देखिन थालेको भन्दै अर्जेन्टाइन फ्यानहरु निराश हुन थालेका छन् । 

Miranda (right) scored the crucial goal when it looked like the game was heading to a penalty shootout 

 

Neymar attempts to gee up the crowd in King Abdullah Sports City during a dour first half display in Saudi Arabia

Casemiro attempts to unleash a powerful shot as Argentina midfielder Giovani Lo Celso closes him down 

Argentina's interim manager Lionel Scaloni instructs his players from the technical area during the hard-fought contest

Gabriel Jesus rises highest to plant a header on the ball as the Manchester City star shows off his aerial prowess

Danilo was forced to leave the pitch and looked distraught as the medical staff drove him away on the cart

Philippe Coutinho was among the star players in action for Brazil against their under strength opposition 

Liverpool forward Roberto Firmino was given the nod to start by Tite and worked hard to hold the ball up in attack 

Gabriel Jesus failed to make an impact out wide for Brazil and was eventually substituted for Richarlison Liverpool's Fabinho came on for the injured Danilo and showed some assured touches in defence for the Selecao

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ