arrow

प्यालेस्टाइनलाई राष्ट्रसंघले दियो मान्यता

logo
प्रकाशित २०७५ असोज ३१ बुधबार
palestine.png

काठमाडौं । संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनलाई पूर्ण सदस्य राष्ट्रको मान्यता दिने निर्णय गरेको छ । मंगलबार सन् २०१९ मा हुने ७७ विकासशील मुलुकहरुको बैठकमा प्यालेस्टाइनले पूर्ण सदस्यको रुपमा भाग लिन पाउने निर्णय गरिएको हो । 

राष्ट्रसंघको यस किसिमको निर्णयको विरुद्धमा अमेरिका, इजरायल र अष्ट्रेलियाले मतदान गरेका थिए । यद्यपि १४६ मुलुकहरुले भने त्यसको पक्षमा मतदान  गरेका थिए । १५ मुलुकहरुले अनुपस्थित थिए भने २९ मुलुकहरु मतदानमा सहभागी भएनन् । 

प्यालेस्टाइन वेस्ट बैंक, गाजा क्षेत्र र पूर्वी जेरुसलेमलाई मिलाएर आफ्नो राज्य बनाउने योजनामा रहेको छ । सन् १९६७ मा इजरायलले यो क्षेत्रमा आफ्नो अधिकार जमाएको थियो तर अहिलेसम्म उसले सो भूमि फिर्ता भने गरेको छैन । राष्ट्रसंघका लागि अमेरिकी दूतले आफूहरु प्यालेस्टाइनले पूर्णरुपमा विरोध गर्ने बताए । 

सन् २०१२ मा संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनलाई सार्वभौम मुलुकको मान्यता दिने निर्णय गरेको थियो । यो निर्णयसँगै प्यालेस्टाइन भ्याक्टिकन सिटीजस्तै सदस्यभन्दा बाहिर रहेको मुलुक बन्न पुगेको थियो । अमेरिकाले इजरायलको आफ्नो दूतावास जेरुसलेममा सार्ने निर्णय गरेसँगै गाजा क्षेत्रमा तनाव दखिँदै आएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ