arrow

माडागास्कर पहिलो पटक छानियो 

logo
प्रकाशित २०७५ असोज ३१ बुधबार
mada.JPG

एजेन्सी । माडागास्कर अफ्रिका कप अफ नेशन्सका लागि पहिलो पटक छानिएको छ । आउँदो वर्ष हुने अफ्रिका कप अफ नेशन्सका लागि माडागास्करसहित इजिप्ट, ट्युनिसिया र सेनेगल पनि छनोट भएका छन् ।

इक्वेटोलियल गिनीलाई १–० ले हराउँदै माडागास्करले अफ्रिका कप अफ नेशन्समा पहिलो पटक ठाउँ बनाएको हो । माडागास्कर २४ देशको सहभागिता रहने अफ्रिका कप अफ नेशन्सका लागि छनौट हुने पहिलो टोली बनेको छ । 

यस्तै इजिप्ट, सेनेगल र ट्युनिसियाले त्यसपछि स्थान पक्का गरेका छन् । अफ्रिका कप अफ नेशन्स आउँदो वर्ष (जुन–जुलाई) क्यामरुनमा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ