arrow

मलेसियामा अन्बर इब्राहिम प्रधानमन्त्री बन्ने चर्चा

logo
सिन्ह्वा,
प्रकाशित २०७५ असोज ३१ बुधबार
anwar-ibrahim-malaysia-leader.jpg

पोर्ट सिडक्सन, मलेसिया। मलेसियाली नेता अन्वर इब्राहिमलाई यहाँका नागरिकले अबको प्रधानमन्त्रीका रुपमा हेर्न थालेका छन्। प्राप्त समाचार अनुसार मलेसियाको मुलधारको राजनीतिमा आउने तयारी गरिरहेका नेता इब्राहिमलाई मलेसियाका नागरिकले आगामी प्रधानमन्त्रीका रुपमा चर्चा थालेका बताइएको छ।

मलेसियाको प्रमुख विपक्षी नेता रहेका इब्राहिम पुर्ववर्ती सरकारका पालामा जेल परेका थिए। जेल सजाय भोगेका उनी वर्तमान प्रधानमन्त्री महाथिर मोहम्मदको सरकार बनेपछि रिहा भएका थिए।

उनी गत शनिबारमात्र सम्पन्न एक उपनिर्वाचनमार्फत संसद सदस्य पनि विजयी भएका छन्। सो विजयसँगै उनलाई हालका मलेसियाली प्रधानमन्त्री ९३ वर्षीय महाथिर मोहम्मदपछिको प्रधानमन्त्रीका रुपमा हेर्न थालिएको छ।

उक्त उपनिर्वाचनमा विजयी भएसँगै मलेसियामा यो चर्चा चलेको समाचारमा जनाइएको छ। मलेसियामा यसैवर्ष सम्पन्न आमनिर्वाचनका समयमा पनि इब्राहिमको राजनीतिक दलसँग वर्तमान प्रधानमन्त्री मोहम्मदले सत्ता साझेदारीको सहमति गरेका बताइएको थियो।

सोही सहमति बमोजिम नै उनलाई उपनिर्वाचनमा उम्मेदवार बनाइएको र अब उहाँ महाथिरपछिको प्रधानमनन्त्री बन्ने चर्चा गरिएको हो।

यसअघि राजनीतिबाट विश्राम लिने घोषणा नै गरेका ९३ बर्षीय महाथिरले देशमा भ्रष्टाचार बढेको र देशको राजनीति गलत बाटोतर्फ गएको भन्दै सुधारका लागि आफूहरुले गठबन्धन गरेर राजनीतिमा फर्किनु परेको बताएका थिए।

तर अघिल्लो सरकारले नेता इब्राहिमलाई पनि भ्रष्टाचारको आरोपमा जेल हालेको थियो। पछि उनलाई काराबासको सजाय दिइएको थियो। महाथिरको सरकार बनेपछि उनी रिहा भएका हुन्। भावी प्रधानमन्त्रीका रुपमा ७१ वर्षीय राजनीतिज्ञ अन्वार इब्राहिमलाई हेर्न थालिएको चर्चा यतिखेर मलेसियामा चलेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ