arrow

अमेरिकाले सोमालियामा गरेको हवाई आक्रमणमा ६० चरमपन्थी मारिए 

logo
प्रकाशित २०७५ असोज ३१ बुधबार
al-sabab.jpg

काठमाडौं । अमेरिकी सेनाले गरेको आक्रमणमा परी चरमपन्थी संगठन अल सबाबका ६० चरमपन्थीहरु मारिएका छन् । गत शुक्रबार गरिएको आक्रमणमा परी उनीहरुको ज्यान गएको अमेरिकी सेनाले बताएको हो । 

सोमालियाको हारार्डेमा गरिएको हवाई आक्रमणमा परी कुनै पनि सर्वसाधारणको ज्यान नगएको विवरणमा उल्लेख गरिएको छ । अमेरिकाले सो आक्रमण सोमालियाको सेनाको संयुक्ता प्रयासमा गरिएको आक्रमण रहेको बताएको छ । अहिले गरिएको यो हवाई आक्रमण सन् २०१७ को नोभेम्बरयताकै सबैभन्दा ठुलो आक्रमणको घटना हो । 

अघिल्लो वर्षको सो महिनामा भएको आक्रमणमा परी १०० जनाको ज्यान गएको थियो । अलकायदासँग सम्बन्ध रहेको अल सबाबले भने यो समाचारको पुष्टि गरेको छैन । सोमालियामा यस वर्ष अमेरिकाले दर्जनभन्दा बढी हवाई आक्रमण गरेको छ । जसमा केही ड्रोन आक्रमण पनि थियो । 

अमेरिकी सेनाले पछिल्लो आक्रमणमा अल सबाबको विरुद्धमा महत्वपूर्ण सफलता हासिल भएको बताउँदै आएको छ । मध्य सोमालियामा अल सबाब निकै शक्तिशाली आतंकवादी संगठन हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा अमेरिकाले गत मार्चदेखि व्यापक मात्रामा सुरु गरेको थियो । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ