arrow

साउदी महावाणिज्यदूतको निवासमा टर्कीका अनुसन्धानकर्ताको छापा

logo
प्रकाशित २०७५ कार्तिक १ बिहिबार
tarki1.jpg

एजेन्सी । टर्कीका अनुसन्धानकर्ताले बेपत्ता साउदी पत्रकार जमाल खशोग्गीबारे थप प्रमाण जुटाउन भन्दै इस्तानबुलस्थित साउदी महावाणिज्यदूतको निवासमा छापा मारेका छन् । तर महावाणिज्यदूत मोहम्मद अल ओताइबी टर्कीबाट साउदी अरेबिया फर्किसकेको बताइएको छ । 

बेपत्ता पत्रकार खशोग्गीका विषयमा अमेरिकाले निकै चासो राखेको छ । १५ दिन अघिदेखि बेपत्ता साउदी पत्रकार खशोग्गीको हत्या भएको हुन सक्ने आशंका गर्दै त्यसबारे थप प्रमाण जुटाउन टर्कीका अनुसन्धानकर्ताहरू इस्तानबुलस्थित साउदी महावाणिज्यदूतको निवास प्रवेश गरेको बताइएको छ ।

यस्तै, खशोग्गीको विषयमा टर्कीको भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले राष्ट्रपति रिजेप तैयप एर्दोआनसँग छलफल गरेका छन् । 

टर्कीको विदेश मन्त्रालयले दुई पक्षबीचको भेट ‘फलदायी’ भएको बताएको छ । टर्कीको सरकार पक्षीय एक समाचारपत्रले खशोग्गीलाई विभिन्न यातना दिइएको र त्यसबारेका अभिलेख आफूसँग भएको जिकिर गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ