arrow

कोहलीको बोली मान्यो बोर्डले, श्रीमतीसंगै खेल्न जान पाउने 

logo
प्रकाशित २०७५ कार्तिक १ बिहिबार
birat-anuska.jpg

काठमाडौं । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले कप्तान विराट कोहलीको माग पूरा गरेको छ । बोर्डले कोहलीले विदेश जाँदा श्रीमती लिएर जान पाउनु पर्ने माग पूरा गरेको हो । 

बीसीसीआईले नियममा संशोधन गर्दै माग पूरा गरेको हो । कोहलीले विदेशमा खेल्न जाँदा पत्नी वा गर्लफ्रेन्ड लैजान पाउने माग गरेका थिए । 

बीसीसीआईको प्रशासकको समिति सीओएको फैसला अनुसार अब भ्रमण सुरु भएको १० दिनपछि खेलाडीहरुसंग पत्नी वा गर्लफ्रेन्ड रहन सक्नेछन् । 

यसअघि सीओले परिवारसंग टाढा रहेका खण्डमा खेलाडीले खेलमा ध्यानकेन्द्रीत गर्न सक्ने तर्क गर्दै आएको थियो । 

अब भने सीओएले खेलाडीसंग पत्नी वा गर्लफ्रेन्ड हुँदैमा कुनै नोक्सानी निष्कर्ष निकालेको छ । सीओएले लामो समय बाहिर हुँदा पनि सकारात्मक माहोल बन्ने बताएको छ । 

अनुष्का शर्मासंग टाढिँदा आफूलाई न्यास्रो लाग्ने कोहलीले बताएपछि नियम सुधारिएको पनि भन्ने गरिन्छ । बलिउडमा अनुष्काको प्रभाव कायमै छ । 

अष्ट्रेलियाले यो निर्णय सन् २०१५ मै लिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ