arrow

बुढेसकालमा यौन उत्पीडन आरोपले गयो मन्त्री पद, मुद्दा लड्न ९७ वकिल तयार

झूठ विरुद्ध लड्छु – अकबर 

logo
प्रकाशित २०७५ कार्तिक १ बिहिबार
mj-akbar.jpg

काठमाडौं । कुकर्मको फल नराम्रै हुन्छ । त्यस्तै भएको छ भारतीय विदेश राज्यमन्त्री एमजे अकबरलाई । उनीमाथि दुई दर्जनबढी महिलाले यौन उत्पीडनको आरोप लगाएपछि वाध्य भएर राजीनामा दिएका हुन् । 

९ दिनको अवधिमा १६ जनाले उनीविरुद्ध आरोप लगाएका थिए । अनि वाध्य भएर उनले बुधबार आफ्नो राजीनामा राष्ट्रपति रामजाथ कोविन्दलाई बुझाएका थिए । 

‘मी टू’ अभियान अन्तर्गत अकबर पनि मुछिएका छन् । 

झूठ विरुद्ध लड्छु – अकबर 
अकबरले राजीनामापछि दिएको बयानमा भनेका छन् –अदालतमा न्यायका लागि गएको छु । यसका लागि मैले राजीनामा दिनु उचित ठानेको छु । म यी झूठा आरोप विरुद्ध लड्ने छु । 

उनलाई पत्रकार प्रिया रमानीले पनि आरोप लगाएपछि उनी विरुद्ध अकबरले मुद्धा दर्ता  गरिसकेका छन् । 

प्रियाले गत ८ अक्टोबरमा एक ट्वीट गर्दै आरोप लगाएपछि अकबरविरुद्ध आरोप लगाउने अभियान नै सुरु भएको थियो । 

अकबरले मुद्धा लड्नका लागि ९७ जना वकिल तयार गरेका छन् । यीमध्ये ६ जनाले मुद्धा लड्ने छन् । 

इतिहास हुन् अकबर 
सन् १९८९ मा अकबर राजीव गान्धीको समयमा काँग्रेससंग रहेर उनको प्रवक्ता बनेका थिए । 

सन् २०१४ मा लोकसभा चुनावभन्दा पहिले भाजपामा मिल्न गए । सन् २०१६ मा उनी नरेन्द्र मोदी सरकारका विदेश राज्य मन्त्री बने । 

yyy


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ