arrow

युएईले पहिलो पटक टेष्ट मान्यता प्राप्त अष्ट्रेलियासँग टी–२० खेल्ने

logo
प्रकाशित २०७५ कार्तिक १ बिहिबार
UAE1.JPG

काठमाडौं । संयुक्त अरब इमिरेट्स युएईले टेष्ट मान्यता प्राप्त अष्ट्रेलियासँग पहिलो पटक टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मौका पाएको छ । अष्ट्रेलिया र पाकिस्तानबीचको टी–ट्वेन्टी श्रृंखलाअघि युएईले अष्ट्रेलियासंग खेल्ने मौका पाएको हो ।

युएईले अष्ट्रेलियासँग २२ अक्टोबरमा पहिलोपटक टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेल्ने छ । युएईले गत मार्चमा नेपालसंगै एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो ।

जिम्बावेमा सम्पन्न विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएपछि नेपाल र युएईले स्वत टी–ट्वेन्टी अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।

अष्ट्रेलियाले पाकिस्तानसँगको खेलअघि युएईसंग अभ्यास खेल खेल्ने छ । क्रिकेट अष्ट्रेलिया र पाकिस्तान क्रिकेटबाट स्वीकृति भएपछि यो खेलले अन्तर्राष्ट्रिय मान्यता पाएको हो । खेल आबुधावीमा हुनेछ ।

युएईपछि अक्टोबर २४ बाट अष्ट्रेलियाले पाकिस्तानसंग तीन खेलको श्रृंखला खेल्नेछ । युएईले अहिलेसम्म २६ टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेलेको छ । जसमा ९ जित निकालेको छ भने बाँकी सबै खेल गुमाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ