arrow

ताल फुट्ने खतरा बढेको भन्दै ६ हजार नागरिकको उद्धार

logo
सिन्ह्वा,
प्रकाशित २०७५ कार्तिक १ बिहिबार
yarlung-tsangpo-river-1.jpg

ल्हसा। भूकम्पपछि बनेको ताल फुट्ने खतरा बढेको भन्दै चीनको स्वाशासित क्षेत्र तिब्बतको यार्लूङ्ग चान्गो नदी वरपरका करिब छ हजार नागरिकको उद्धार गरिएको छ।

बुधबार सो क्षेत्रमा गएको भूकम्पका कारण पहिरो गएको थियो। सो पहिरोका कारण तिब्बतको यार्लूङ्ग चान्गो नदीमा ताल बनेको थियो।

सो ताल बढ्दै गएपछि उक्त नदी वरपरको क्षेत्रका वासिन्दालाई त्यहाँबाट अन्यत्रै सार्न थालिएको छ। स्थानीय अधिकारीहरुले दिएको जानकारी अनुसार बिहीबार अपरान्हसम्ममा त्यहाँबाट कम्तीमा पनि छ हजार जनालाई अन्यत्रै सारिएको छ।

उक्त गाउँको वस्तीमा अरु हजारौँ स्थानीयको वासस्थान रहेको छ। बिहीबार अपरान्हसम्म छ हजारको उद्धार गरी अन्यत्रै सारिएको बताइएको छ।

स्थानीय अधिकरीहरुका अनुसार बुधबार बिहानै आएको भूकम्पका कारण गएको पहिरोले नदी थुनिएपछि ताल बनेको छ र त्यो ताल भरिएपछि गाउँ वस्तीमा पस्ने सम्भावना बढेकोले गाउँ नै सारिएको हो।

त्यस भूकम्पले नदी थुनिएको कुरा बुधबार रातिमात्र थाहा भएको थियो। त्यसपछि ताल खुलाउन सेनाको सहयोगमा उद्धारकर्मीहरु लागेका थिए।

तर पनि ताल खुलाउन नसकेपछि गाउँको वस्ती नै सार्नुपरेको अधिकारीहरुले जनाएका छन्। साथै उद्धारकर्ताहरुले भूकम्पबाट भएको क्षतिका पीडितहरुलाई पनि सहयोग गरिरहेका बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ