arrow

अमेरिका र बेलायतद्वारा साउदीको लगानी सम्मेलन बहिष्कार

logo
प्रकाशित २०७५ कार्तिक २ शुक्रबार
saudi_journalist.jpg

काठमाडौं । अमेरिकी वाणिज्यमन्त्री स्टेफिन म्युनिख र बेलायती अन्तर्राष्ट्रिय व्यापार सचिव लियाम फक्सले साउदीको लगानी सम्मेलन बहिष्कार गर्ने घोषणा गरेका छन् । 

साउदी अरेबियाका पत्रकार जमल खासोग्गीको बेपत्ता भएको विषयमा साउदी अरेबिया दोषी रहेको अरोप लागेको अवस्थामा उनीहरुले यस्तो घोषणा गरेका हुन् । 

खासोग्गी गत अक्टोबर २ मा साउदीको एक सम्मेलनमा प्रवेश गरेयता देखिएका छैनन् । टर्कीले भने उनको हत्या भएको दाबी गरेको छ । साउदी अरेबियाले भने उनको हत्या नभएको र यस विषयमा अनुसन्धान जारी रहेको बताउँदै आएको छ । 

साउदी अरेबियाले मुलुकमाा लगानी व्यापक विस्तार गर्ने उद्देश्यका साथमा यस किसिमको योजना अघि सारेको हो । २३ देखि २५ अक्टोबरसम्म यो सम्मेलन चल्नेछ ।  साउदी राजकुमार मोहम्मद बिन सलमानले यो सम्मेलन आयोजना गर्न लागेका हुन् । उनले अघि सारेको मुलुकको पुनर्सरचनाको योजनालाई सहयोग गर्न यो योजना अघि सारिएको हो । 

बेलायत र अमेरिकाका वरिष्ठ अधिकारीहरुबाट आएको यस किसिमको घोषणाले भने साउदीको यो सम्मेलनमा धक्का पुगेको छ । पत्रकार बेपत्ता भएको विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि साउदी अरेबियालाई चेतावनी दिइसकेका छन् । एजेन्सी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ