arrow

पाकिस्तानसंगको लज्जास्पद हारले दुई स्थान झर्यो अष्ट्रेलिया

logo
प्रकाशित २०७५ कार्तिक ३ शनिबार
cricket-austraslia-pak.jpg

काठमाडौं । पाकिस्तानसंगको दुई खेलको टेष्ट क्रिकेट श्रृंखला २–० ले हारेसंगै अष्ट्रेलिया टेष्ट वरियताको पाँचौं स्थानमा झरेको छ । 

तेस्रो स्थानमा रहेको अष्ट्रेलिया १०२ अंकसहित पाँचौं स्थानमा झरेको हो । पाकिस्तान ९५ अंकसहित सातौं स्थानमा छ । 

११६ अंकसहित भारत पहिलो, १०६ अंकबाट दक्षिण अफ्रिका दोस्रो, १०५ अंकबाट इंगल्याण्ड तेस्रो, १०२ अंकबाट न्युजिल्याण्ड चौथो स्थानमा छ । 

युएईमा भएको दोस्रो टेष्टमा पाकिस्तान ३७३ रनले विजयी भएको थियो । पहिलो खेलमा बराबरी गर्न समेत अष्ट्रेलियाले निकै संघर्ष गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ