arrow

म्यान्चेस्टर युनाइटेड जितबाट चुक्यो, अन्तिम मिनेटमा चेल्सीले गर्यो बराबरी 

मौरिन्हो फुटबलका ब्याडम्यान बन्दै 

logo
प्रकाशित २०७५ कार्तिक ३ शनिबार
manutd-chelsea.jpg

काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीबाट अंक छिन्न सकेन । युनाइटेडले २–१ ले खेल जित्दै गर्दा इन्जुरी समयको अन्तिम मिनेटमा चेल्सीलाई रोस बार्कलेले गोल गर्दै महत्वपूर्ण एक अंक दिलाए । 

चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा शनिबार बेलुकीको खेल २–२ को बराबरीमा टुंिगयो । 

१–० ले पछि परेको युनाइटेडले हाफ टाइमपछि दुवै गोल गरेको थियो । २१ औं मिनेटमा एन्टोनियो रुडिगरको गोलबाट चेल्सीले अग्रता लियो । 

हाफटाइमसम्म म्यान्चेस्टर युनाइटेडका नेमान्जा माटिक र एस्ले योंगले पहेलो कार्ड खाइसकेका थिए । 

५५ औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए । ७३ औं मिनेटमा मार्सियलले दोस्रो गोल गरे । 

जित नजिकै पुगेर पनि अन्तिम मिनेटमा गोल खाँदा भने म्यान्चेस्टरका फ्लप हुँदै गएका प्रशिक्षक जोजे मौरिन्हो फेरि आक्रामक बने । उनी गोल खानासाथ झगडा गर्न उत्रिएका थिए । 

कुनै समयका सफल मौरिन्हो अहिले फ्लप सावित हुँदै मात्र गएका छैनन् फुटबलकै ब्याडम्यान बन्दैछन् । 

पछिल्लो समय म्यान्चेस्टरले घरेलु मैदानमा समेत हार बेहोर्दै गर्दा जोजे मौरिन्होको जागिर समेत धरापमा परेको फुटबल पंडितहरुले विश्लेषण गर्दै आएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ