arrow

मेस्सी चोटग्रस्त, कम्तीमा ६ खेल नखेल्ने, बार्सिलोना शीर्षमा, रियाल मड्रिड हार्यो 

logo
प्रकाशित २०७५ कार्तिक ४ आइतबार
messi24.jpg

काठमाडौं । स्पेनिश लिग फुटबलमा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । शनिबार रातिको खेलमा सेभियामाथि ४–२ को जितका साथ डिफेन्डिङ च्याम्पियन बार्सिलोना शीर्ष स्थानमा पुग्न सफल भएको हो । 

बार्सिलोनाका लागि लियोनल मेस्सी, लुइस स्वारेज, फिलिप कोन्टिन्हो र इभान रेकिटिकले १–१ गोल गरे। सेभियाका लुइस मुरिएलले गोल गरे भने बार्सिलोनाका लेङ्गलेटले आत्मघाती गोल गरे । 

Philippe Coutinho opened the scoring with just two minutes gone on the clock with a superb curling effort inside the box

कप्तान मेस्सी चोटिल

उत्कृष्ट खेल प्रदर्शन गर्दै बार्सिलोना शीर्ष स्थानमा पुगेको खेलमा कप्तान मेस्सी भने चोटग्रस्त भएका छन् । १२ मिनेटमा गोल गरेका मेस्सी मैदानमै लड्दा दायाँ हातमा चोट लागेको हो । चोट लागेपछि धेरै पीडामा देखिएका मेस्सी खेलको २६ औं मिनेटमा मैदानबाट बाहिरिए । 

Lionel Messi scored a superb solo effort shortly after, curling in with his left foot to double the home side's advantage

उनको दायाँ हातको हड्डीमा गम्भीर चोट लागेकाले उनी लामो समय मैदान बाहिर हुनेछन् । 

मेस्सीले कम्तीमा ६ खेल गुमाउने छन् । 

यो जितसँगै बार्सिलोना ९ खेलबाट १८ अंकसहित शीर्ष स्थानमा छ। 

The Sevilla players walk out on to the Nou Camp pitch to line-up before kick-off as fans hold of banners in political protest

रियाल मड्रिड पराजित

रियाल मड्रिड भने पराजित भएको छ । रियाल मड्रिड लेभान्तेसंग २–१ ले पराजित भयो । घरेलु मैदानमा २–० ले पछि परेको रियाललाई मार्सेलोले ७२ औं मिनेटमा गोल दिलाएका थिए । 

Karim Benzema and Gareth Bale (right) show their disappointment after Real Madrid endured another disappointing result

यो हारले १४ अंकसहित रियाल पाँचौ स्थानमा धकेलिएको छ । 

सेल्टाभिगोलाई १–० ले हराएको डेपोर्टिभो अलाभेस १७ अंकसहित दोस्रो स्थानमा छ । 

Midfielder Casemiro is unable to hide his disappointment during Real's latest disappointing result



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ