प्रदेशलाई कमजोर बनाउने खेलमा केन्द्र सरकार –मूख्यमन्त्री राउत
बिजय चौहान,
प्रकाशित २०७५ कार्तिक ४ आइतबार
946
Shares
वीरगन्ज। प्रदेश नम्बर २ का मुख्य मन्त्रि लालबाबु राउत गद्दीले संविधानले प्रदान गरेको अधिकारलाई संघीय सरकारले दिन नचाहेको आरोप लगाएका छन्। पर्साको जिराभवानी गाँउपालिका र पटेर्वा सुगौली गाँउपालिका बीचमा पर्ने भलुवाही खोलाको आज स्थलगत अनुगमन गर्दै मुख्य मन्त्रि राउतले यस्तो आरोप लगाएका हुन्।
उनले संघीय सरकारले संविधानको भावना विपरित बजेट तथा अधिकारको बाड फाँड नगरेकै कारण जनतालाई चाहे जस्तो सेवा दिन नसकेको प्रस्ट पारे। ‘संविधानले प्रदान गरेको अधिकारलाई मात्र संघीय तथा प्रदेश सरकारले सहित तरिकाले उपयोग गरे गरिबी, बेरोजगारि जस्ता समस्याको अन्त्य गर्दै मुलुकलाई छोटो समयमा विकास गर्न सकिने यार्थात भएपनि संघीय सरकार प्रदेशलाई कमजोर बनाउने षडयन्त्रमा लागि परेको छ’।प्रदेश कमजोर भए देश बलियो हुनै नसक्ने सत्यलाई बुझादा बुझदै संघीय सरकारले बजेट विनियोजनमा विभेद गरेको मुख्य मन्त्रि राउतले प्रस्ट पारे।
उनले संविधानले प्रदेशलाई प्रदान गरेको अधिकारलाई संघीय सरकारले अक्षरस पाल्ना गर्दै बजेटको बाडफाँड न्याय उचित ढङ्गले गरे गरिव, बेरोजगारीको अन्त्य गर्दै मुलुलाई चाँडै विकास गर्न सकिने ठोकुवा गरे।
पर्साको हजारौं विघा खेती योग्य जग्गालाई मास्ने भलुवाही खोलाको स्थलगन अनुगमन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रि राउतले हाल देखिएको समस्यालाई समाधान गर्न प्रदेश सरकारले तत्कालै पहल गर्ने प्रतिद्धता व्यक्त गरे।
उनले भलुवाही खोलाका काणर एक हजार परिवार डुबानको समस्या खेप्दै आएकाले उक्त समस्या समाधान गर्न तत्काल गर्न सकिने उपायलाई प्रदेश सकारले गर्ने र स्थानीय समाधानका लागि संघीय सरकरालाई लगानी गर्न आग्रह गर्ने जानकारी दिए।
जिराभवानी गाँउपालिका वडा नं. ५ का वडा अध्यक्ष हरिशंकर चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. २ कै भौतिक पूर्वधार मन्त्रि जितेन्द्र सोनलले खोलाले पारेको प्रभाव र सो बाट जोगाउन तत्काल गर्न सकिने उपायका लागि अध्यनन टोली गठन गर्न सिचाई विभागका प्रमुखलाई निर्देशन दिए। उनले हाल देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सकिने र स्थायी रुपमा गर्ने कार्यको प्रतिबेदन बनाई आवश्यक कामलाई सक्दो चाँडो अगाडी बढाउन कार्यक्रममा उपस्थित रहेका सिचाई विभागका प्रमुखलाई निर्देशन दिए।
केन्द्र सरकारले प्रदेशलाई दिएको बजेटबाट भलुवाही खोलाबाट उत्पन्न समस्यालाई सम्बोधन गर्न नसकिने बताउर्दै मन्त्रि सोनलले तत्काल गर्न सकिने कार्यमा प्रदेश सरकार लगानी लगाउने र स्थायी समाधानकलागि केन्द्र सरकारबाट अन्य दातृ निकायलाई आग्रह गर्ने जानकारी दिए।
कार्यक्रममा प्रतिनिधी सभाका सदस्य हरिनारायण रौनियार, प्रदेश नं. २ का प्रतिनिधी सभा सदस्य शंकर चौधरी, सिंघाशन साह लायतले भलुवाही खोलाले परोको प्रभाव र त्यका कारण सर्वसाधारणले भोगनु परेको पिडाका वारे चर्चा गरेका थिए।
पर्साको सखुवाप्रसौनि गाँउपालिका, पटेर्वा सुगौली गाँउपालिका, जिराभवानी गाँउपालिका र जगरनाथ पुर गाँउपालिका भएर बग्ने भुलवाही खोलाका कारण वर्षायाममा एक दर्जन गाँउका एक हजार भन्दा बढिपरिवार डुबानको समस्या खेपने गरेका छन्। प्रतेक वर्ष खोललाले धार नै परिवर्तन गरेको कारण हजारौ विघा खेतियोग्य जग्गामा बालुवा पुरिने गरेको छ।