arrow

आइकार्डीले प्रमाणित गरे गोल गर्न धेरै बल छुनै पर्दैन 

logo
प्रकाशित २०७५ कार्तिक ५ सोमबार
icardi.jpg

काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानका कप्तान माउरो आइकार्डीले कमालको प्रदर्शन गरेका छन् । उनको गोलले नै इन्टरमिलानले खेल त जित्यो नै उनले अचम्मकै कीर्तिमान राखेका छन् । 

मिलान डर्बीको खेलमा इन्टर मिलानले एसी मिलानलाई आइतबार राति १–० ले हरायो । इन्जुरी समयको दोस्रो मिनेटमा आइकार्डीले गोल गर्दै इन्टर मिलानलाई जिताए । 

अचम्मको कीर्तिमान कस्तो भने कप्तानले पूरै खेलभरि १५ पटक मात्रै बल छुन पाए । तर तिनै खेलाडीले अन्तिम समयमा गोल गरेर टिमलाई जिताए । 

२२२ औं मिलान डर्बीमा अर्जेन्टाइन आइकार्डीले गोल गर्दै इन्टरलाई जिताएसंगै इन्टर तेस्रो स्थानमा पुगेको छ । 

इन्टर मिलानको ९ खेलबाट १९ अंक भएको छ । १२ अंक जोडेको एसी मिलान १२ औँ स्थानमा छ ।

शीर्ष स्थानको युभेन्टसको ९ खेलबाट २५ अंक छ भने दोस्रो स्थानको नापोलीको २१ अंक छ । 

Mauro Icardi popped up with stoppage-time winner as Inter Milan ran out 1-0 winners in the Milan derby on Sunday

 

 The Argentine celebrates after scoring the winner at the San Siro as the game looked to be heading to a goalless stalemateInter Milan manager Luciano Spalletti passionately celebrates following his side's stoppage-time winner

 

The Inter Milan squad celebrate in front of the home support after fans ran on to the pitch following the final whistle

Mauro Icardi had the ball in the back if the net for Inter early on but his effort was correctly ruled out for offside

 

Mateo Musacchio (R) also had the ball past Samir Handanovic but he was in an offside position, which saw the goal ruled out

The packed out San Siro saw both sides receive brilliant support as banners and tifo's coverage large areas of the stadiumInter Milan midfielder Radja Nainggolan holds his leg after colliding with AC Milan's Argentine midfielder Lucas Biglia



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ