arrow

‘राष्ट्रपति भण्डारीको नव–महाराज बन्ने रहर कि सल्लाहकारको सामन्ती सोच ?’

वाह ! पराजुली 

logo
प्रकाशित २०७५ कार्तिक ५ सोमबार
Tika_President_np_75.jpg

काठमाडौं । नेपालीहरुको महान् चाड बडादशैं जारी छ । टीका थाप्ने चलन पूर्णिमासम्म जारी रहने भएकाले बुधबारसम्म टीका थापेर आशीर्वाद लिइन्छ । गत शुक्रबारदेखि दशैं टीकाका तस्वीरहरु सामाजिक संजालमा व्याप्त छन् । 

सर्वसाधारणले लगाउने टीका र विशिष्ट व्यक्तित्वको टीकामा समानता पक्कै हुन्न । त्यसैले त यतिबेला सामाजिक संजालमा एउटा तस्वीरको चर्को आलोचना भइरहेको छ । 

त्यो हो राष्ट्रपछि विद्यादेवी भण्डारीले लगाइदिएको टीकाको तस्वीर । राष्ट्रपति भण्डारीले टीका लगाइदिँदा टीका लगाउने मानिसले घुँडा टेकेर लगाइरहेको तस्वीरले आक्रोशसहितको नयाँ तरंग पैदा गरेको हो । 

उक्त तस्वीरमा आएका प्रतिक्रियाहरुले जनआक्रोश बढेको देख्न सकिन्छ । ‘नव–महाराजदेखि सामन्ती सोच र राष्ट्रपतिको राजा बन्ने चाहना’ जस्ता प्रतिक्रियाहरु ब्यापक रुपमा आएका छन्। कतिको प्रतिक्रिया छ ‘ऊ गर्नेलाई भन्दा देख्नेलाई लाज’ । 

वरिष्ठ पत्रकार किशोर नेपाल लेख्छन् –घुँडा टेकेर टीका थाप्ने ‘प्रजा’ र घुँडा टेकाउने राष्ट्रपति ! गणतन्त्रको नेपाली संस्करण । हावा, पानी, माटो सुहाउँदो । अरू के नै चाहियो र !

त्यसैगरी जुगल भुर्तेल लेख्छन्–बिउँझिएर जनताले एकदिन गाए ‘महान्’ युद्धको गीत ‘सामन्त’हरूको भयो सफाया दासमात्र रहे जीवित !!!

वाह ! पराजुली 
टीका थाप्ने सर्वसाधारण थिएनन् । ती थिए पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली । केपी शर्मा ओली नेतृत्वको सरकार र सर्वोच्च अदालतबीच तालमेल नमिल्दा पराजुलीले समय अगाडि नै ठाउँ छाड्नु पर्यो । 

उनीमाथि विभिन्न आरोप लागे । उनको नैतिकता विवादमा पर्यो । त्यतिमात्र होइन उनले अपरान्ह ४ बजे विद्यादेवीलाई सपथ दिलाए । त्यसअघि नै उनले ढाँटछल गरेर बढी समय जागिर खाएको आरोपमा हटाइयो । 

हटाइएको (पहिले नै अवकास प्राप्त भइसकेको) पत्र उनले राष्ट्रपतिलाई सपथ दिलाएपछि पाएका थिए । राष्ट्रपतिको सपथ वैध कि अवैध भन्ने चर्चा पनि त्यतिबेला चलेको थियो । पछि भने सर्वोच्चले सबै मुद्धा खारेज गरिदिएको थियो । 

कानुनले पोख्त एवं सचेत पूर्व प्रधानन्यायाधीश यसरी घुँडा टेकेर टीका लगाउनु परेपछि नेपालमा लोकतन्त्र आएको अनुभूति गर्न नसकिने भन्दै आलोचना भइरहेको छ । 

पराजुलीलाई घुँडा नै किन टेक्नु पर्यो भन्ने प्रश्न पनि खडा भएको छ । या त उनले प्रतिक्रिया जनाउन सकेनन् या त शितल निवास एक तानाशाही अखडा भइसक्यो । 

सल्लाहकारकै कमजोरी ?
तस्वीरमा राष्ट्रपति कार्यालयले जानेर टीका लगाइदिने स्थान र कुर्सीहरुको राम्ररी ब्यवस्थापन नगरेको देखिन्छ । उक्त ब्यवस्थापनमा टीका लगाई माग्नेले या त ‘घुँडा टेक्नु पर्ने’ र उभिने हो भने ‘ज्यादै निहुरिनु पर्ने’ स्थिति सृजना गर्न खोजिएको छ। दुवै अवस्थामा राष्ट्रपतिका अगाडि रैती जस्तो भाव आउने हुन्छ ।

लोकतन्त्रमा पनि राजाको जस्तो ब्यवहार देखाउँदा राष्ट्रपतिको मान बढ्ने भन्दा घट्ने हुन्छ । यो उनको कार्यालय एवं सल्लाहकारहरुले सोच्ने कुरा हो । यो १९औं शताब्दी होईन भन्ने सामान्य ज्ञान पनि राष्ट्रपति कार्यालय एवं सल्लाहकारहरुलाई नभएको देखिन्छ । 

यस्तो सामान्य कुराको हेक्का नराख्ने राष्ट्रपति कार्यलय एवं सल्लाहकारहरु कसरी चुनिए, साधारण कुराहरु पनि सोच्न नसक्ने कसरी राष्ट्रपति जस्तो गरिमामय पदको सल्लाहकार हुन सके ? यस्ता प्रश्नहरु पनि सामाजिक संजालमा सोधिन थालेका छन् ।

राष्ट्रपति आफैमा संस्था हुन् र उक्त पद नेपालमा संस्थागत हुन राष्ट्रपति एवं उनका सहयोगी र सल्लाहकारहरुको प्रमुख भूमिका हुने गर्छ । राष्ट्रपतिको कार्यालय र सल्लाहकार एवं सहयोगीहरु राष्ट्रपतिको गरिमा घटाउनतिर परिचालित त होइनन्, एक पटक सोचि हेर्ने की !

राजतन्त्रको कुरा देशमा सेलाउन सकिरहेको छैन र त्यसमाथि राष्ट्रपतिलाई जन आकांक्षा विरुद्धका क्रियाकलापमा सामेल गराउँदा उक्त पदको गरिमा घट्ने त निश्चित नै छ त्यसमाथि जनताहरुले ‘हामीलाई राजा चाहिएको हो भने पुरानै राजा ठीक छ’ भन्ने स्थिथि पैदा नहोस् भन्नेतर्फ पनि राष्ट्रपति कार्यलय सचेत हुनुपर्ने देखिन्छ । 

राष्ट्रपति कार्यालयले उक्त बस्ने ब्यवस्थाप्रति भएको सार्वजनिक आलोचनाको जवाफ दिन्छ होला र के कस्ता त्रुटी भए भन्ने पनि बिश्लेषण गर्दै आउँदा दिनमा राष्ट्रपतिको मर्यादामा आँच पुग्ने र जनताको शीर निहुराउने कुनै किसिमको काम नहुने तर्फ पनि सचेत हुन्छ होला भन्ने जनबिश्वास रहेको छ।

राष्ट्रपति किन सचेत छैनिन् ?

यति सल्लाहकारहरु गलत छन् भने राष्ट्रपतिले त्यसलाई सच्याउन सक्छिन् । उनी मुलुककै सर्वेसर्वा हुन् । पूर्व एमालेकी उपाध्यक्ष भण्डारीले राजसंस्थाको विरोधमा राजनीति गरिन् । पञ्चायतविरुद्ध लडिन् । 

तर आज तिनै कम्युनिष्ट नेतृ जब पदमा पुगिन् तब उनले पदीय दुरुपयोग गरिन् । उनको सोच यतिछिटो बदलियो भन्ने आवाज उठिरहेका छन् । के उनले यससम्बन्धमा केही प्रतिक्रिया दिएर जनताका मनमा उठेका नकारात्मक भावलाई मत्थर पार्लिन् ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ