arrow

पसलमा लागेको आगलागीबाट ८० लाख बराबरको क्षति

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ कार्तिक ५ सोमबार
fire-dhangadi.jpg

धनगढी । पश्चिम नेपालको धनगढीस्थित मेन बजारमा रहेको गणेश इन्टरप्राईजेज र सरस्वती इन्टर प्राईजेजमा सोमबार आगलागी हुँदा झन्डै ८० लाखको क्षति भएको छ । 

सोमबार दिउसो ४ बजे तिर भएको आगलागी नेपाल प्रहरी शसस्त्र प्रहरीको टोली र  धनगढी उपमहानगरपालिकाको दमकलले साँझ ६ बजेमात्र नियन्त्रणमा लिएको थियो ।

प्रेमप्रकाश गौतमको आफ्नै घरमा रहेको जुत्ताचप्पलको गोदाममा बिद्युत सर्ट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी हरी बहादुर वलीले पीडितका अनुसार झण्डै ८० लाख बराबरको क्षति भएको बताए । तर वास्तविक क्षतीको यकिन विवरण  आउन अझै केही समय लाग्ने डिएसपी ओलीले बताए । धनगढीस्थित चौराहामा माथिल्लो तलामा रहेका यी गोदाममा राखिएका सामान पुर्ण रुपमा जलेर नष्ट भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ