बझाङ। सुदुरश्चिम प्रदेशको हिमाली श्रृखलामा पर्ने प्रमुख पर्यटकीय स्थल साईपाल हिमाल आरोहण गर्न पहिलो पटक जिल्ला आएका पर्यटकीय टोली लाई बझाङ जिल्ला बासीले बिभिन्न ठाँउमा स्वागत तथा अभिनन्दन गरेका छन्।
जिल्लाकै प्रमुख पर्यटकीय स्थल साईपाल हिमाल चढ्न यस भन्दा अगाडी कुनै पनि आधिकारीक टोली हिमाल आरोहण गर्न नआएको यस यसपाली बझाङका चार जना छोरी सहित हिमाल आरोहण गर्ने बिश्वका प्रख्यात हिमाल आरोही बिदेशी सहित पर्यटक सहितको टोली मिसन साईपाल नाम दिएर साईपाल हिमाल आरोहण गर्ने टोली लाई बाजा गाँजा सहित गाँउ गाँउमा भब्य स्वागत गरिएको हो।
साईपाल आरोहण गर्ने मिसन साईपालको टोली लाई जिल्ला प्रबेश गरे देखि चिर बिथ्थड देखि चैनपुर धमेना, तल्कोट हुदै काँडा सम्म स्थानीय बिभिन्न झाँकीहरु, लोक सस्कृती, स्थानिय भेषभुषा, खान पान सहित स्थानियहरुले भब्य स्वागत गरेका हुन्।
टोली काठमाण्डौं बाट धनगडी आउदा प्रदेश पर्यटन मन्त्री माया भट्टले साईपाल आरोहण गर्ने टोली लाई स्वागत गर्दै नेपालको राष्ट्रिय झण्डा दिएर अभिनन्दन गरेका थिए। यसका साथै बैतडीको खोड्पेमा पर्यटन पत्रकार समुहले छलिया नाँच प्रर्दषन गर्न लगाएको थियो।
टोली बझाङ पुगे पछि सदरमुकाम चैनपुरमा स्थानिय बासीहरुले बाजागाँजा सहित फुलमाला सहित स्वागत गरेका थिए। साथै चैनपुरबाट टोली हिमाल तिर हिडेपछि तल्कोट गाँउपालिकाको धमेनामा स्थानीय परिकारहरु खुवाएर फुलमाला र अबिर सहित स्वाग गरेको थियो।
तल्कोट पुगेको मिसन साईपाल टोलीलाई तल्कोट गाँउपालिकाका अध्यक्ष लाल बहादुर बिष्ट सहित जनप्रतिनिधीहरुले तल्कोट दरबारमा दर्षन गर्न लगाई प्रयेक पर्यटक लाई नेपाली ढाका टोपी उपहार दिएर स्वागत गरेको स्थानीय समाजसेबी नारायण सिंहले जानकारी दिए।
साईपाल हिमाल आरोहण गर्नका लागी सात लाख राजस्व तिरेर आएको उक्त टोलीमा बझाङ की छोरीहरु साईपाल गाँउपालिका की लक्ष्मी बुढा, संगिता रोकाया, सुर्मा गाँउपालिका की पबित्रा बोहरा र तल्कोट गाँउपालिका की सरस्वती थापा रहेकी छन्।
साईपाल आरोहण गर्ने टोलीमा बिदेशी नागरिकहरु प्रख्यात हिमाल आरोही एर्दुनी पासंवान, डक्टर जर्जे ( हर्के दाई) सहित १२ जना बिदेशि नागरिक रहेका मिसन साईपालका प्रबन्धक भोजराज भाटले बताए। उनले भन्नु भयो हाम्रो टोलीमा ८ हजार मिटर भन्दा माथीका १४ वटा हिमाल आरोहण गर्ने प्रख्यात आरोहीहरु सहित स्पेनका ५ जना, अमेरिका ४ जना, बेल्यिम, फ्रान्स र ईटलीबाट एक एक जना रहेका छन्। ७ हजार ३२ मिटरको उचाईमा रहेको यो हिमाल सुदुरपश्चिम प्रदेशको सबै भन्दा बढी उचाईमा रहेको हिमाल हो।
पहिलो पटक साईपाल हिमाल आरोहण गर्न आएको यो टोली सगै बझाङ जिल्लाको लोक सस्कृती रहन सहन भेषभुषा सहित साईपाल हिमाल यात्रा र आरोहण गर्दाको फिल्मी भिडियो मिसन साईपाल नामक निर्माण गरिने भएकाले पनि टोली संगै स्वदेशि तथा बिदेशी भिडियो ग्राफीहरु समेत रहेका छन्।
हालसम्म कसैले पनि साईपाल हिमाल आरोहण गरेको सरकारी अभिलेख नभएकाले पनि बझाङबाट यो पहिलो पटक यसरी पर्यटक सहितको टोली आएका कारण पनि जिल्लाको पर्यटन प्रबद्धनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ। सदरमुकाम चैनपुरबाट साईपाल हिमालको बेसक्याम्प पुग्न झण्डै सात दिनको पैदल दुरीमा पुग्न सकिन्छ।