arrow

साइकलको भरमा जनकपुरधामबाट अयोध्या पुगे

logo
सुरेन्द्र सिंह, 
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
holly-toursium-cycle.jpg

जनकपुरधाम। नेपाली धर्म र संस्कृतिको प्रचारप्रसार र नेपाल-भारत सम्बन्धमा थप सुधार ल्याउन एक युवा सामान्य साइकलको भरमा जनकपुरधामबाट अयोध्या पुगेका छन्। लक्ष्य अनुरूप जनकपुरधामदेखि भारतको भगवान् रामको जन्मभूमि अयोध्यासम्म ५ सय २१ किलोमिटर ४ दिनको साइकल यात्रा गर्दै रञ्जीत सोमबार बिहान अयोध्या पुगेका हुन्।

विजय दशमीको दिन जानकी मन्दिर प्राङ्गणमा पूजाआजा गरेर साईकल यात्री रञ्जीतलाई जनकपुरमा मेयर लालकिशोर साह, वडा नम्बर १० का अध्यक्ष मिथिलेश कर्ण सहितका जनप्रतिनिधिहरुले विदा गरेका थिए।

धार्मिक यात्रा र राकिएको जनकपुरदेखि अयोध्यासम्मको बस पुन: सञ्चालन लागि भन्दै भारतको उत्तरप्रदेशस्थित अयोध्या पुगेका रञ्जीत सोमबार राम मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको उनका साथी दीपकले बताए।

यसअघि रंजीतले काठमाडौंको पशुपतिनाथ दर्शन, पोखराको मुक्तिनाथ, खोटाङको हलेसी महादेव दर्शन गरिसकेका छन्। सामान्य परिवारमा जन्मेका रञ्जीतको जनकपुरस्थित नयाँ बस पार्कमा पान पसल छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ