arrow

चिलिमेको सहायक कम्पनी मध्यभोटेकोशीले आइपिओ बिक्री गर्दै

logo
रासस,
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
bhotekosi.png

काठमाडौं। मध्यभोटेकोशी जलविद्युत् कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ। चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा स्थापित सो कम्पनीले सिन्धुपाल्चोकमा एक सय २ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ।

आयोजनाले रु एक अर्ब ४४ करोड बराबरको एक करोड ४४ लाख कित्ता सीमित साधारण शेयर बिक्री गर्न लागेको हो। नेपाल धितोपत्र बोर्डले गत असोज २९ गते सीमित साधारण शेयर बिक्रीका लागि स्वीकृति दिएको हो। उक्त शेयरमा आयोजनाका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीले आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३७ प्रतिशत शेयर रहेको छ। यस्तै नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत लगानी रहेको छ। यस्तै सिन्धु भोटेकोशी हाइड्रोपावर कम्पनी, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी र सिन्धु इन्भेस्टमेन्टको समान एक-एक प्रतिशत शेयर रहेको छ।

कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, स्थानीयवासी र आम सर्वधारणको गरी कूल ४९ प्रतिशत शेयर रहनेछ। यस्तै लगानीकर्ता संस्थाको कूल ५१ प्रतिशत शेयर रहनेछ। आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण लगानी गरेको छ। आयोजनाको हाल कूल भौतिक प्रगति ४५ प्रतिशतको हाराहारीमा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ