arrow

शेयर बजार : सामान्य अङ्कले घट्यो

logo
रासस,
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
nepal-stock-exchange.png

काठमाडौं। धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले घटेको छ। कारोवार मापक नेप्से परिसूचक ३ दशमलब ४८ विन्दुले घटेर एक हजार २ सय ४१ दशमलब ६ विन्दुमा पुगेको छ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ६९ विन्दुले घटेर २६४ दशमलब ३१ विन्दुमा पुगेको छ।
नेप्से परिसूचक घटेसँगै कारोवार रकममा समेत कमी आएको छ।

कूल १५५ कम्पनीको आठ लाख ४२ हजार १९८ कित्ता शेयर रु १९ करोड ८७ लाख ७५ हजार ८३४ मूल्यमा खरिद बिक्री भएको छ। कारोवार भएका १० उपसमूहमध्ये आज दुई उपसमूहको शेयर कारोबारमा भने वृद्धि भएको छ, भने आठ उपसमूहको शेयर भने घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

वित्त क्षेत्र ४ दशमलब ३६ र उत्पादन ३१ दशमलब ६२ विन्दुले बढेको छ। यस्तै बैंकिङ शून्य दशमलब ९५, विकास बैंक ६ दशमलब ९३, जलविद्युत् ३ दशमलब ५७, निर्जीवन बीमा ७७ दशमलब ६४, अन्य ५ दशमलब ३६, माइक्रोफाइनान्स ८ दशमलब २९, जीवन बीमा ३५ दशमलब ८ विन्दुले घटेको छ। यस्तै होटल उपसमूहको भने आज कुनै पनि शेयर कारोबार भएन।

युनाइटेड फाइनान्स, अरुण काबेली पावर लिमिटेड र ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज कमाएका छन् भने समता माइक्रोफाइनान्स वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने आज गुमाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ