arrow

म्यान्मारका पाँचजना उच्च सैनिक बिरुद्ध प्रतिबन्ध

logo
एएफपी,
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
myanmar.JPG

सिड्नी। अस्ट्रेलियाली सरकारले रोहिङ्ग्या जातीय समूहमाथि बर्बर हिंसा मच्चाएको आरोपमा म्यान्मारका पाँचजना उच्च सैनिक अधिकृतका बिरुद्ध मङ्गलबार प्रतिबन्धहरु घोषणा गरेको छ।

संयुक्तराज्य अमेरिका र युरोपेली युनियनले झैं अस्ट्रेलियाले पाँचै अधिकृतको सम्पत्ति रोक्का गर्ने घोषणा गरेको हो। अस्ट्रेलियाका विदेशमन्त्री मराइज पेनले रोहिङ्ग्या मुद्दामा मुख्य रुपमा दोषी ठहर गरिएका अधिकृतहरुमा आङ क्या जा, माउङ माउङ सो, आङ आङ, थान ऊ र खिन माउङ सो रहेको जानकारी दिए।

ती पाँचैजना अधिकृतलाई अस्ट्रेलिया भ्रमण गर्न पनि निषेध गरिएको छ। यीमध्ये केही अधिकृतले सैनिक सेवाबाट अवकाश पाइसकेको बताइन्छ।

म्यान्मारको दक्षिणपश्चिम रखाइन राज्यबाट सन् २०१६ मा म्यान्मारको सेनाले करिब सात लाख रोहिङ्ग्यालाई देश छाड्न बाध्य बनाएको थियो। यसक्रममा सेनाले धेरैलाई गैरन्यायिक हत्या गर्नुका साथै बलात्कार र गाउँमा आगजनी गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ