arrow

रोनाल्डोको युभेन्टसले जित्यो, रोनाल्डोको पूर्व क्लव म्यान्चेस्टर युनाइटेडले हार्यो

logo
प्रकाशित २०७५ कार्तिक ७ बुधबार
ronaldo29.jpg

काठमाडौं । क्रिष्टियानो रोनाल्डोको बहुप्रतिक्षाको घडी सकिएको छ । रोनाल्डोले जितेका छन् । उनको पूर्व इंगलिश फुटबल क्लव म्यान्चेस्टर युनाइटेड विरुद्ध वर्तमान क्लव इटालियन युभेन्टसले जितेको छ । 

युइएफए च्याम्पियन्स लिगमा युभेन्टसले युनाइटेडलाई १–० ले हराएको हो । युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युभेन्टसका पाउलो डाइबालाले १७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । 

खेलमा हाइलाइट रोनाल्डो नै थिए । उनी युनाइटेडका खेलाडी बिरुद्ध आक्रामक पनि थिएनन् । फाउल गर्दा पनि वातावरण सौहार्द थियो । 

रोनाल्डोले सन् २००९ मा इंगल्याण्ड छाडेका थिए । त्यसपछि उनी स्पेनिश क्लव रियाल मड्रिड गएका थिए । यो सिजनदेखिमात्र रोनाल्डो युभेन्टस आएका हुन् । 

यो जितपछि समूह एचको युभेन्टस ३ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडको ४ अंक छ । २ अंकको भ्यालेन्सियाको २ तथा पुछारको यंग ब्वाइजको १ अंक छ । 

Pogba had a couple of chances, but was outclassed by the Portuguese man on the nightWhile he didn't get on the score sheet, Ronaldo was highly visible throughout the game

It was a successful return to Manchester for Ronaldo as Dybala's strike separated the teams

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ