-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । युइएफए च्याम्पियन्स लिग फुटबलको समूह ई मा बायर्न म्युनिखले एथेन्सलाई २–० ले तथा आयाक्सले बेनेफिकालाई १–० ले हरायो ।
यो समूहमा आयाक्स र बायर्नको समान ७–७ अंक छ भने बेनेफिकाको ३ तथा एथेन्स अंकविहिन छ ।
समूह एफ मा लियोँ र होफेनहेमले ३–३ को बराबरी खेल्दा सख्तर दोनेस्कलाई म्यान्चेस्टर सिटीले ३–० हरायो ।
सिटीको ३ खेलबाट ६, लियोँको ५, होपेनहेमको २ तथा सख्तरको २ अंक छ ।
समूह जी मा रियाल मड्रिडले भिक्टोरियालाई २–१ ले तथा एएस रोमाले सीएसकेए मस्कोलाई ३–० ले हरायो ।
रियालको ६, रोमाको ६, सीएसकेए मस्कोको ४ तथा भिक्टोरियाको १ अंक छ ।
समूह एच मा युभेन्टसले म्यान्चेस्टर युनाइटेडलाई १–० ले हरायो । योंग ब्वाइजले भ्यालेन्सियालाई १–१ को बराबरीमा रोक्यो ।
युभेन्टसको ९, म्यान्चेस्टर युनाइटेडको ४, भ्यालेन्सियाको २ तथा योंग ब्वाइजको १ अंक छ ।




