arrow

मिथिलाअञ्चलमा कोजाग्रत पूर्णिमा आज मनाइदै

logo
सुरेन्द्र सिंह,
प्रकाशित २०७५ कार्तिक ७ बुधबार
kojarat-purnima-janakpur.jpg

जनकपुरधाम। मिथिलाअञ्चलमा कोजाग्रत पूर्णिमा आज मनाउँदै छ। नवविवाहिता बेहुलाको कोजाग्रत गरेर यो पर्व मनाइने गरिएको छ। ब्राम्हण, कायस्थ र सोनार जातीका नवविवाहिता बेहुलाको घरमा बेहुली पक्षबाट पान, मखान, मिष्ठान लगायतको आएको कोसेली इष्टमित्रहरुलाई  खुवाएर कोजाग्रत पूर्णिमा मनाइन्छ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा बुधबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ।

जानकी मन्दिर स्थापना भएदेखि हालसम्म महोत्तरीको एउटै परिवारवाट प्रत्येक वर्ष झैं आज पनि सय कडो भार आउँदै छ। कोजाग्रत पूर्णिामाको दिन जानकी मन्दिरमा कोजगराको भव्य पूजा हुनेछ।

महोत्तरीको ठाकुर परिवारबाट कोजाग्रत पूर्णिमाको दिन पारेर प्रत्येक वर्ष झै यस वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिइएको छ। यस अवसरमा पान, मखान, केरा र विभिन्न प्रकारका मिठाई परिकारसहित ५१ भार आउन लागेको वरिष्ठ समाजसेवी अमरचन्द्र अनिलले जानकारी दिए।

छोरीको बिहेपछि पहिलो वर्षको आश्विन महिनाको पूर्णिमा तिथिमा मिथिलामा मेवा मिष्ठान्न, दहीच्युरा र फलफूल सहितको भार छोरीको घरमा पठाउने प्रचलन छ। 

जानकी मन्दिर स्थापना भएपछि हालसम्म यो भार पठाउने चलन चल्दै आएको सफाइ अभियन्ता सुरेश शर्माले बताए। शर्माका अनुसार जानकी मन्दिरको महन्थका रूपमा साकेतबासी नवलकिशोर दास महन्थको भएको बेलामा महोत्तरीको रतौली गाउँ बस्ने स्व. महेन्द्रप्रसाद ठाकुरले पहिलो सन्तान प्राप्तिदेखि १०८ वटा भार जानकी मन्दिरमा पठाउँदै आएको बताए। हाल ठाकुर परिवारको पाँचौ पुस्ता चलिरहेको र यो परम्परा यद्यापि कायमै छ।
 
स्व. महेन्द्रबाबुले सुरु गरेका यस परम्परा स्मरण गर्दै शर्माले भने, ‘सुरुमा जमिनदार परिवारबाट सुरु भएको यो अनुकरणीय परम्परा धान्न कठिन भएको छ। शर्माको कथन मान्ने हो भन्ने अब यो परम्परालाई समाजले अपनाउनुपर्छ र निरन्तरता दिन सक्नुपर्छ। भारलाई स्वागत गर्न नागरिक समाज अगुवा धनुषा ट्राफिक, जिल्ला प्रहरीको टोलीलगायत स्थानीय उपस्थित छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ