arrow

साफ यू–१५ फुटबल : नेपाली भूमिमा पाकिस्तानले भारतलाई हरायाे

logo
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
FOOT-Ball-news.jpeg

काठमाडौ‌ं । साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान विजयी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा भएकाे खेलमा पाकिस्तानले भारतलाई २–१ गोलको अन्तरमा हराएकाे हो । 

खेलको ३१अाैँ मिनेटमा पाकिस्तानले अदनान जस्टिनको गोलबाट अग्रता लिएको थियो । खेलको ५३अाैँ मिनेटमा भारतका थालाचुईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर खेल सकिन ५ मिनेट बाँकी छँदा पाकिस्तानका वासिफले गोल गर्दै पाकिस्तानलाई जित दिलाए । मैदान छिरेको दोस्रो मिनेटमै उनले गोल गरेका थिए । 

खेलमा पाकिस्तानले शुरुआतदेखिनै भारतमाथि दबाब सिर्जना गरेको थियो । जितसँगै समूह ‘बी’मा पाकिस्तानले महत्वपूर्ण तीन अङ्क जोडेको छ । प्रतियोगिताअन्तर्गत नेपाल र माल्दिभ्सबीच सातदाेबाटाेमै खेल हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ