स्वास्थ्य शिविर मार्फत एक सय ७१ जनाले स्वास्थ्य सेवा
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
308
Shares
धनकुटा। धनकुटामा संचालन भैरहेको वृहत निशुल्क स्वास्थ्य शिविर अन्र्तगत आज १ सय ७१ जनाले स्वास्थ्य सेवा प्रत्यक्ष रुपमा पाएका छन।शल्यक्रिया शिविरमा ११ जनाको ठूला शल्यक्रिया(मेजर अप्रेशन) र (माईनर अप्रेशन) साना खालको शल्यक्रियाका लागी २७ जनाको स्वास्थ्य परिक्षण गरी १९ जनाको शल्यक्रिया गरिएको र १३३ जनाको दातको उपचार गरी जम्मा एक सय ७१ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा पाएको शिविर व्यवस्थापन तथा संचालन समितिका संयोजक रोशेष श्रेष्ठले बताए।
पहुच विहिनहरुका लागी धनकुटा अस्पतालमा संचालन संचालन गरिएको शिविरमा आज एक जनालाई कृत्रिम हात लगाई दिएको शिविर प्रचार प्रसार समितिका संयोजक राजेश्वर वहादुर श्रेष्ठले बताए।
यसैगरी हिजो उद्घाटको दिन ११ जनाको मेजर अप्रेशन,२५ जनाको माईनर अप्रेशनका लागी स्वास्थय परिक्षण तथा उपचार गरी १४ जनाको शल्यक्रिया गरिएको र ७२ जनाको दातको उपचार गरिएको शिविर व्यवस्थापन तथा संचालन सचिव विजय सन्तोषी राईले बताए।
वृहत निशुल्यक शल्यक्रिया स्वास्थ्य शिविरमा विशेषज्ञ अमेरिकन डाक्टरहरुद्धारा पितको पत्थरी,पाठेघर,हर्निया,हाईडोसिल,पायल्स,गाठागुठीको शल्यक्रिया,दातको उपचार,कृतिम हात वितरण गरिदै आएको शिविर आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले बताए।