काठमाडौं । युरोपा लिग फुटबलमा चेल्सीले आकर्षक जित हात पारेको छ । बिहीबार राति भएको खेलमा चेल्सीले बाते बोरिसोभलाई ३–१ ले पराजित गर्यो ।
चेल्सीको जितमा रुबेन लोफ्टस चेक नायक रहे । उनले खेलमा ह्याट्रिक पुरा गरे । सन् २०१४ टोटनहम स्ट्राईकर ह्यारी केनपछि युरोपा लिगमा ह्याट्रिक गर्ने उनी पहिलो इङ्लिश खेलाडी बनेका छन् ।
रियोसले बातेका लागि सान्त्वना गोल दिलाए ।
जितसंगै युरोपा लिगको समूह एल मा रहेको चेल्सी ३ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ ।