arrow

सगुनमा सर्वसाधारणलाई लगानी गर्न अमेरिकाले खोल्यो बाटो

सगुनको २.१ मोवाइल भर्सन स्मार्टफोन प्रयोगकर्ताहरुको लागि सहज

logo
प्रकाशित २०७२ फागुन ११ मंगलबार
sagoon-2.1.JPG.jpeg
काठमाडौ। सोसल कमर्श साइट सगुन डटकमको परिस्कृत भर्सन सुरु गरेको छ। यस भर्सन चलाउन बिश्वभरका प्रयोगकर्ताले आजैबाट पाउने बताइएको छ। सगुन २.१ डेस्कटप र मोबाइल वेव भर्सनमा उपलव्ध रहेको छ। सगुनको २.१ मोवाइल भर्सन स्मार्टफोन प्रयोगकर्ताहरुको लागि सहज हुने सगुनका संस्थापक गोबिन्द गिरीले भिडियो कन्फेन्सबाट जानकारी दिएका छन्।
 
परिस्कृत डेस्कटप र मोबाइल भर्सनमा अहिले भएको भन्दा केही नयाँ र थप सुविधा थपिएको छ। डेस्कटप भर्सन र मोबाइल भर्सन प्रयोगकर्ताहरुको सहज प्रयोगलाई ध्यानमा दिएर तयार गरिएको उनको दावी रहेको छ। 
 
संस्थापक गिरीले परिस्कृत डेस्कटप भर्सन र मोबाइल वेभ भर्सन सगुन प्रयोगकर्ताहरुकै सुझाव र प्रतिक्रियापछि तयार पारिएको उल्लेख गर्नु भयो। प्रयोगकर्ताहरुको सल्लाह, सुझाव एवं प्रतिक्रियाका आधारमा सगुन टीमले उत्कृष्ट मोबाइल वेब बनाउन सक्षम भएको छ।” 
सगुन डटकमको परिस्कृत भर्सन सगुन २.१ सार्वजनिक गर्दै गिरीले भन्नुभयो “ केहि नयाँ विशेषताहरु सहित सगुन २.१ ल्याएका छौ। अब डेस्कटप र मोबाइलबाट प्रयोगकर्तालाई सगुन चलाउन सजिलो हुनेछ।”
 
सगुनको मोवाइल एप्प पनि चाँडै सार्वजनिक हुने गिरीले जानकारी दिनुभयो। यसैबीच सगुनले मिनी आईपिओमा जान स्वीकृति पाएको छ। यस कार्यले यस बर्ष सर्वसाधारण तथा अन्य लगानीकर्ताबाट २० मिलियन डलरको सेयर स्वीकार गरी लगानी गर्ने सोच बनाएको छ।  सगुन भर्सन २.१ सार्वजनिक गर्दै प्रमुख कार्यकारी अधिकृत समेत रहनुभएका गिरीले भन्नुभयो, सगुनलाई नयाँ चरणमा लैजान मिनी आईपीओमा जाने प्रयास स्वरुप अमेरिकी निकायले प्रमाणपत्र प्रदान गरेको बताउनु भयो।
 
सगुन २.० मा रहेका दिनहुँ गर्ने क्रियाकलापलाई व्यवस्थित गर्ने माई डे, आफ्नो मुड सेट गर्ने र कुराकानी गर्ने मुड टक र आफ्नो खुल्ला तथा गोप्य कुरा राख्ने ओपन सेक्रेट लगायतका विशेषताहरुमा केही नयाँ विशेषताहरु थपिएको जानकारी  दिदै सगुनका जनसर्पक तथा मेडिया प्रमुख अजयबाबु शिवाकोटीले बताउनु भयो। सगुन डटकमको परिस्कृत भर्सनमा पुराना कतिपय कमिकमजोरी र गल्ति हटाइएको छ, पहिलाको भन्दा छिटो खुल्ने, सगुनको परिस्कृत भर्सनमा हेल्प सेन्टरको व्यवस्था, सगुन र कम्पनीको पेज पनि सगुनको परिस्कृत भर्सनमा समेटिएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ