पीपीएल टी–२० क्रिकेटः सन्दीप लामिछाने कि शरद भेषवाकर
प्रकाशित २०७५ कार्तिक ९ शुक्रबार
364
Shares
पोखरा । पोखरा प्रिमियर लिग पीपीएल टी–२० क्रिकेट शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा घरेलु टिम पोखरा पल्टन र विराटनगर टाइटन भिड्दै छन् ।
उपाधि घरमै राख्ने लक्ष्य लिएको पोखरा पल्टनको कप्तानी शरद भेषवाकरले गर्दैछन् । त्यसैगरी विराटनगर टाइटनको कप्तानी सन्दीप लामिछानेले गर्दैछन् ।
शरद राष्ट्रिय टिमका अनुभवी खेलाडी हुन् भने सन्दीप कम उमेरमै सबैभन्दा ब्यवसायिक नेपाली खेलाडी बनेका छन् ।
खेल बिहान ११ बजे सुरु हुनेछ । प्रतियोगितालाई आइसीसीले मान्यता दिएकाले अन्तर्राष्ट्रिय कभरेज पनि हुनेछ ।
राउण्ड रोबिनको आधारमा खेल हुने हुँदा दुवै टोलीलाई जित्नै पर्ने दबाब छ।
माछापुच्छ्रेको आँगनमा निःशुल्क हेर्न पाइने पीपीएललाई पोखराको खेल पर्यटनको मुल ढोकाको रुपमा पनि हेरिएको छ।
प्रतियोगितामा पोखरा, विराटनगर, चितवन राइनोज, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टिम सहभागी हुँदैछन् ।
प्रतियोगिताको विजेताले २७ लाख हात पार्नेछ। उपविजेताले १० लाख जित्नेछ ।