एफसी यू–१९ फुटबल च्याम्पियनसिप छनोटमा भारत नेपालसँग हार्यो
प्रकाशित २०७५ कार्तिक ९ शुक्रबार
491
Shares
काठमाडौं। एएफसी यू–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले आज आफ्नो दोस्रो खेलमा भारतलाई पराजित गरेको छ। थाइल्याण्डको चोनबुरी रङ्गशालामा भर्खरै सम्पन्न खेलमा भारतलाई २–० गोलले पराजित गरेको हो।
पहिलो हाल बराबरीमा सकिए पनि दोस्रो हाफमा नेपालले दुई गोल गर्न सफल भयो। नेपालका लागि रेखा पौडेलले खेलको ५९ औं मिनेटमा गोल गरिन्। त्यसैगरी खेल सकिन दुई मिनेट बाँकी हुँदा रेखाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्।
जितसँगै नेपालले महत्वपूर्ण तीन अङ्क जोडन सफल भएको छ। नेपाल आफ्नो पहिलो खेल कात्तिक ७ गते थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको थियो। भारतले भने पाहिलो खेलमा पाकिस्तानलाई १८–० गोल अन्तरले हराएको थियो।
कात्तिक ११ गतेसम्म सञ्चालन हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। नेपालको समूहमा भारत, पाकिस्तान र थाइल्याण्ड छन्। नेपालले समूह चरणको अन्तिम खेल कात्तिक ११ गते पाकिस्तानसँग खेल्नेछ। पहिलो चरणको छनोटबाट शीर्ष दुई टोलीले दोस्रो चरणमा प्रवेश गर्नेछन्। नेपाली टोली कात्तिक ३ गते त्यसतर्फ गएको हो।