arrow

सोमपालको कसिलो बलिङ सामु पारसको चितवन निरिह

logo
प्रकाशित २०७५ कार्तिक १० शनिबार
PPL_BTL_CTW.jpg

काठमाडौं। पारस खड्काको कप्तानीमा रहेको चितवन टाईगर्स पोखरा प्रिमीयर लिग टि-२० क्रिकेटको आफ्नो पहिलो खेलमा बुटवल ब्लास्टर्ससँग ७० रनले पराजित भएको छ।

नेपाली टोलीका स्टार बलर र बुटवल ब्लास्टर्सका कप्तान सोमपाल कामीको कसिलो बलिङले  चितवनलाई ६५ रनमा समेटेको थियो। ललित भण्डारीले २ विकेट लिएका थिए। 

सोमपालले ४ ओभरमा १३ रन खर्चिंदै ४ विकेट लिएका थिए भने भण्डारीले ३ ओभरमा १४ रन खर्चेर २ विकेट हात पारेका थिए। सोमपालले ब्याटीङ गर्ने क्रममा ३ बलमा ६ रन पबि बनाएका थिए।

टस हारेर पहिले ब्याटीङ गरेको बुटवलले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १ सय ३५ रन बनाएको थियो। बुटवलका लागि सागर पुनले ४६ रन बनाएका थिए भने शंकर रानाले ४८ रनको योगदान दिएका थिए। 

चितवनका लागि करण केसीले २ विकेट लिएका थिए भने रामनरेश गिरी र शक्ती गौचनले १-१ विकेट लिएका थिए। 

जवाफमा ब्याटीङ गर्न ओर्लेको चितवन १६.५ ओभरमा सबै विेकट गुामउँदै ६५ रनमा समेटिएको थियो। चितवनका लागि भुवन कार्कीले सार्वाधिक १९ रनको योगदान दिएका थिए। कप्तान पारस खड्काले १० रन बनाएका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ