- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इस्लामिक स्टेट (आईएस)को आक्रमणमा परीश सिरियामा ४१ अमेरिका समर्थित सेनाको ज्यान गएको छ । शुक्रबार आईएसको आत्मघाती कार बम विष्फोटमा परी उनीहरुको ज्यान गएको हो ।
सिरियाको इराकी सीमानना हाजिनको सोसा भन्ने स्थानमा यो घटना भएको युद्ध निरीक्षकहरुले बताएका छन् । आईएसले शुक्रबार घटनाका जिम्मा लिँर्द सिरियासँगको युद्धको एक भागको रुपमा सो आक्रमण रहेको बताएका छन् ।
आईएसले सामाजिक सञ्जाल टेलिग्राममार्फत् यो घटनाको पुष्टि गरेको हो । हाजिन क्षेत्रमा अहिले २ हजारभन्दा बढी आईएसका लडाकुहरु रहेको बताइएको छ ।
पछिल्लो समय सिरियामा आईएसको प्रभाव कमजोर हुँदै गएको छ । सिरियाको हाजिन क्षेत्र र बाडिया मरुभूमिमा आईएसको बलियो प्रभाव रहेको छ । सिरिया युद्धमा अहिलसम्म ३ लाख ६० हजारभन्दा बढीको ज्यान गइसकेको आधिकारिक तथ्यांक छ ।