arrow

तरुण कप फुटवलको पाँचथरमा शुरुवात गरे प्रवक्ता शर्माले

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ कार्तिक १० शनिबार
BishwaPrakashSharma.jpg

पाँचथर। नेपाल तरुण दलको ६६ औ स्थापना दिवसको अवसर पारेर फिदिममा शनिवारबाट पालिकास्तरीय दोस्रो तरुण गोल्डकप फुटवल प्रतियोगिता शुरु भएको छ।

प्रतियोगिताको उद्घाटन गर्दे नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खेलकुद क्षेत्रमा राज्यले लगानी गर्न सके यूवाहरु खेलकुदप्रति आकर्षण हुने बताए। उनले अहिले खेलकुद क्षेत्रमा गरिएको लगानीले पछि स्वास्थ्य क्षेत्र लाभान्वित हुने बताए।

प्रतियोगिताको उद्घाटन खेलमा हिलिहाङलाई ० का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै मिक्लाजुङ सेमिफाइनलमा प्रवेश गरेको छ। मिक्लाजुङका लागि पहिलो हाफको २७ औं मिनेटमा सोम कुमार राई र दोस्रो हाफको ३८ औ मिनेटमा सुनिल राईले गोल गरेका थिए ।

यस्तै हिलिहाङका रोधन सुहाङले दोस्रो हाफको ५० औ मिनेटमा आत्मघाती गोल गरेका थिए।खेलमा मिक्लाजुङको तर्फबाट उत्कृष्ट खेल प्रर्दशन गरेका मेहरमान खवास म्यान अफ दि म्याच घोषित भए।

प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार एक सय छैसठठी र उपविजेताले नगद ५१ हजार १ सय ६६ रुपैया हात पार्ने आयोजक नेपाल तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिए। आगामी कार्तिक १६ गतेसम्म संचालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ