arrow

कोहलीको कीर्तिमानी सतकमा हार्यो भारत

logo
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
kohli.jpg

काठमाडौं । वेस्ट इन्डिजविरुद्ध तेस्रो एक दिवसीय क्रिकेट खेलमा भारत ४३ रनले पराजित भएको छ । भारत पराजित भएपनि भारतका कप्तान विराट कोहलीले शतक बनाउँदै नयाँ कीर्तिमान कायम गरेका छन् । 

कोहलीले लगातार तीन खेल खेलमा तीन सतक बनाउने पहिलो भारतीय खेलाडीको कीर्तिमान रचेका हुन् । वेस्ट इन्डिजले दिएको २८४ रनको लक्ष्य पछ्याउने भारतले २४० रनमात्र बनाउन सक्यो । 

उक्त क्रममा कोहलीले १०७ रन बनाए पनि भारतलाई जित दिलाउन सकेनन् । 

यो नतिजाले ५ खेलको श्रृंखलामा १–१ को बराबरी भएको छ । पहिलो खेलमा भारत सहजै विजयी हुँदा दोस्रो खेल टाइ भएको थियो । 

कोहलीले पहिलो खेलमा १४० र दोस्रो खेलमा १५७ रन बनाएका थिए । कोहलीले दोस्रो खेलमा सबैभन्दा कम इनिङमा १० हजार रन पूरा गरेर सचिन तेन्दुलकरको १७ वर्ष लामो कीर्तिमान तोडेका थिए । 

कोहली

विश्व क्रिकेटमा अहिलेसम्म नौ ब्याट्सम्यानहरुले लगातार ३ खेलमा शतक बनाएका छन्। श्रीलंकाका विकेट किपर ब्याट्सम्यान कुमार सांगाकाराले लगातार ४ शतकको किर्तिमान बनाएका थिए । 

एकै टोलीविरुद्ध लगातार ४ शतक बनाउने पहिलो खेलाडी भने कोहली नै हुन् । २०१७ मा पछिल्लो प्रतियोगितामा उनले १ सय ११ रन बनाएका थिए । कोहलीले धेरैजसो कीर्तिमान आफ्नै नाममा लेखाउने विश्वास गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ